सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आन्तरिक राजश्व कार्यालय जनकपुरधामका कर अधिकृतसहित दुई जनालाई घुससहित पक्राउ


  •    न्युजभित्तो/२७ फाल्गुन २०७७, बिहीबार १२:१७ 
  • काठमाडौं, २७ फागुन । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले धनुषास्थित आन्तरिक राजश्व कार्यालय जनकपुरधामका कर अधिकृतसहित दुई जनालाई घुससहित पक्राउ गरेको छ।

    कार्यालयका कर अधिकृत रमेश ढकाल र आर.एन. मेनेजमेन्ट अकाउण्ट कन्सल्टेन्सीका प्रोपाइटर नविनकुमार कर्णलाई बुधबार एक लाख ५० हजार घुससहित पक्राउ गरेको हो।

    अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार अधिकृत ढकालले सेवाग्राहीसँग अन्तशुल्क समायोजनको रकम फिर्ता गर्न घुस माग गरेका थिए। सोही घुस लिन ढकालले कन्सल्टेन्सीका प्रोपाइटर नविनकुमार कर्णलाई पठाएका थिए

    अख्तियारले घुस माग गरेको भन्ने सूचना पाएपछि बर्दिबासबाट खटिएको टोलीले नविनकुमार कर्णलाई सेवाग्राहीबाट एक लाख ५० हजार रुपैयाँ घुस लिएको अवस्थामा पक्राउ गरेको हो।

    उनलाई टोलीले जनकपुर उपमहानगरपालिकास्थित अन्नपूर्ण होटल एन्ड गेष्ट हाउसबाट नियन्त्रणमा लिएको थियो।

    त्यस्तै कर अधिकृत ढकाललाई धनुषाको नेपाल स्काउटको कार्यालय अगाडिबाट नियन्त्रणमा लिएको थियो। उनीहरूमाथि अख्तियारले थप अनुसन्धान अघि बढाएको छ

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.