सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भोलि चितवनमा दिउसो पाँच घण्टा विद्युत आपूर्ति बन्द हुने


  •    न्युजभित्तो/२८ फाल्गुन २०७७, शुक्रबार १५:५४ 
  • चितवन,२८ फागुन ।  चितवनमा भोलि (शनिवार) दिउसो विद्युत आपूर्ति बन्द हुने भएको छ । मर्मतका लागि भोलि विहान ९ बजेदेखि दिउसो २ बजेसम्मका लागि विद्युत आपूर्ति बन्द गर्न लागिएको हो ।

    हेटौंडा ग्रिड महाशाखा अन्तर्गतको १३२/३३/११ केभि भरतपुर सबस्टेशनमा १३२ केभि बसबार कण्डक्टर मर्मत, सिटिपिटि चेन्ज लगायतका अन्य आवश्यक मर्मत सम्हार गर्नुपर्ने भएकाले विद्युत आपूर्ति बन्द गर्न लागिएको नेपाल विद्युत प्राधिकरण हेटौंडा ग्रिड महाशाखाबाट जारी गरिएको सूचनामा उल्लेख छ ।

    शनिवार भरतपुर सबस्टेशन, चनौलि सबस्टेसन र पर्सा सबस्टेसनबाट प्रसारित तथा वितरित सम्पूर्ण फिडहरु अबरुद्ध हुने नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका इन्जिनियर विनोद सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार भरतपुर वितरण केन्द्रको सम्पूर्ण क्षेत्र, चनौली वितरण केन्द्रको सम्पूर्ण क्षेत्र र टाँडी वितरण केन्द्र अन्तर्गत केही क्षेत्रमा विद्युत आपूर्ति बन्द हुनेछ ।

    टाँडी र पर्साका केही भागमा भने लाइन नियमित हुनेछ । यस्तै भरतपुर वितरण केन्द्र अन्तर्गत मुग्लिन क्षेत्रमा लाइन नजाने इन्जिनियर सापकोटाले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.