इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
न्युजभित्तो/२२ आश्विन २०८३, बिहीबार १०:५६
चितवन, २२ असोज । इच्छाकामना आधारभूत अस्पतालले नवनिर्मित भवनबाट स्वास्थ्य सेवा सुरुआत गरेको छ । इच्छाकामना गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङका अनुसार सङ्घीय सरकारको रु १४ करोड ५० लाख लागतमा निर्मित भवनमा १५ शय्या छ ।
यसअघि गाउँपालिका कार्यालय परिसरमा रहेको पुरानो भवनबाट अस्पताल सञ्चालन हुँदै आएको थियो । यस अस्पतालमा पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक खण्डमा भएका सवारी दुर्घटनाका बिरामीसमेत आउने गर्दछन् । गाउँपालिकाका अतिरिक्त छिमेकी पालिकाबाटसमेत यहाँ बिरामी आउने गरेको उहाँले जानकारी दिनुभयो ।
अस्पतालका मेडिकल अधिकृत डा अभिषेक लिम्बूले नवनिर्मित भवनबाट अस्पतालका उपलब्ध स्वास्थ्य सेवा नियमित रूपमा सञ्चालन हुने बताउनुभयो ।
नयाँ भवनमा सेवा सञ्चालनसँगै सेवाग्राहीलाई पहिलेभन्दा सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन सकिनेछ । अस्पतालबाट प्रदान हुँदै आएको बहिरङ सेवा (ओपिडी), आकस्मिक सेवा (इमर्जेन्सी), प्रयोगशाला, एक्स–रेलगायतका स्वास्थ्य सेवासम्बन्धी सेवा अब नवनिर्मित भवनबाट सञ्चालन हुने उहाँको भनाइ छ ।
अस्पतालमा बिरामीलाई सेवा दिँदा दक्ष जनशक्ति कमी भएकाले सङ्घीय सरकारसँग थप जनशक्ति माग गरिएको छ । हाल अस्पतालमा पालिकाका दुई र बागमती प्रदेशको छात्रबृत्ति करारको एकगरी तीन जना चिकित्सक मात्र रहेका छन् । अस्पतालले चौबिसे घण्टा आकस्मिक सेवा दिँदै आएको छ । अस्पतालमा समयसमयमा विशेषज्ञ चिकित्सक बोलाएर सेवा दिने गरिएको छ । इच्छाकामना जिल्लाको एकमात्र गाउँपालिका हो । जहाँको अधिकांश भूगोल पहाडी रहेको छ ।