सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने


  •    न्युजभित्तो/२२ आश्विन २०८३, बिहीबार १४:३५ 
  • चितवन, २३ असोज । खेलकुदका माध्यमबाट स्वास्थ्यप्रति सचेतना, अनुशासित जीवनशैली र आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले चितवनमा ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप २०२६’ आयोजना हुने भएको छ । लायन्स क्लब अफ चितवन राइजको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।

    प्रतियोगिता असोज २४ र २५ गते भरतपुर–१० स्थित भरतपुर कभर्ड हलमा सञ्चालन हुनेछ । खेलमा सहभागी हुन कुनै पनि लायन्स वा लियो क्लबको सदस्य भएको हुनु पर्ने व्यवस्था गरिएको छ । टिम बनाउँदै एउटै क्लबका खेलाडी हुनु पर्ने छ । आयोजक क्लबका अध्यक्ष डा. रमेश घिमिरेका अनुसार प्रतियोगिता बिहान ७ बजेदेखि सुरु हुनेछ । लायनहरूबीच आपसी आत्मीयता, भाइचारा अभिवृद्धि तथा स्वास्थ्यका लागि खेलकुद भन्ने मूल उद्देश्यका साथ यो प्रतियोगिता सञ्चालन गर्न लागिएको अध्यक्ष डा. घिमिरेले बताउनुभयो ।

    प्रतियोगितामा भाग लिन रु. दुई हजार दर्ता शुल्क राखिएको छ भने प्रथम पुरस्कार २५ हजार, द्वितीय पुरस्कार रु. १५ हजार, तृतीय पुरस्कार रु.१० हजार र सान्त्वना पुरस्कार रु.१० हजार राखिएको छ । प्रतियोगितालाई भव्य तथा सभ्य रूपमा सम्पन्न गर्ने तयारी गरिएको छ । प्रतियोगितामा खेलाडी, लायन्स सदस्य, खेलप्रेमी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहने अपेक्षा गरिएको अध्यक्ष घिमिरेले बताउनुभयो ।

    लायन्स क्लबले सामाजिक सेवाका विभिन्न क्षेत्रमा काम गर्दै आएको भए पनि खेलकुदलाई समेत सामाजिक सम्बन्ध, स्वास्थ्य र सकारात्मक जीवनशैलीसँग जोडेर अघि बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको डा. घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो “नियमित खेलकुदले मानिसलाई शारीरिक रूपमा स्वस्थ राख्नुका साथै मानसिक रूपमा सक्रिय र अनुशासित बनाउन महत्वपूर्ण भूमिका खेल्छ ।”

    ब्याडमिन्टनलाई सबै उमेर समूहका व्यक्तिले सहज रूपमा खेल्न सक्ने खेलका रूपमा विकास गर्दै खेलप्रतिको आकर्षण बढाउने तथा खेलाडीबीच मैत्रीपूर्ण सम्बन्ध स्थापित गर्ने उद्देश्य पनि प्रतियोगिता आयोजना गरिएको उहाँले बताउनुभयो । प्रतियोगिताले स्थानीयस्तरमा खेलकुद गतिविधि बढाउन र नयाँ खेलाडीलाई प्रोत्साहन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको उहाँको भनाई छ ।

    लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ आर, नेपालको आह्वानमा आयोजना हुने प्रतियोगितालाई सफल बनाउन लायन्स क्लब अफ चितवन राइजले तयारी तीव्र पारेको छ । प्रतियोगितालाई व्यवस्थित रूपमा सञ्चालन गर्न आवश्यक व्यवस्थापन, खेलस्थल तथा अन्य तयारीलाई प्राथमिकतामा राखिएको आयोजकले जनाएको छ ।

    आयोजकले प्रतियोगितामा सहभागी खेलाडी तथा खेलप्रेमीलाई निर्धारित समयमा भरतपुर कभर्ड हलमा उपस्थित हुन आग्रह गरेको छ । साथै प्रतियोगितालाई उत्साहपूर्वक सफल बनाउन चितवनवासी, लायन्स सदस्य, खेलाडी, खेलप्रेमी तथा शुभेच्छुकहरूको गरिमामय उपस्थितिका लागि अनुरोध गरिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.