आईएसएमटी कलेज चितवनले माघ १ गते ‘आईएसएमटी म्युजिक फेस्ट २०२५’ आयोजना गर्दै
न्युजभित्तो/२९ पुष २०८१, सोमबार ०८:४१
चितवन, २९ पुस । भरतपुर महानगरपालिका–१२ स्थित आईएसएमटी कलेज चितवनले भोलि माघ १ गते ‘आईएसएमटी म्युजिक फेस्ट २०२५’ आयोजना गर्दै छ । कलेजले विद्यार्थीहरुलाई पढाइका साथै मनोरञ्जन पनि गराउने उद्देश्यले आफ्नै प्राङ्गणमा म्युजिक फेस्ट आयोजना गर्न लागेको जनाएको छ ।
कार्यक्रममा नेपालका चर्चित ब्यान्ड ‘द इलिमेन्ट्स’ को प्रस्तुति रहनुका साथै कलेजमा अध्ययनरत विद्यार्थीहरूले आफ्नो कला, गायन, नृत्य प्रस्तुत गर्ने कलेजले जनाएको छ ।
आईएसएमटी ग्रुपले काठमाडौं, चितवन, पोखरा, विराटनगर र बुटवलमा पनि युनिभर्सिटी अफ सन्डरल्यान्डकै सम्बन्धनमा कलेज सञ्चालन गरी बीबीए (बिजनेस एन्ड म्यानेजमेन्ट), बीएचएम, बीएस्सी, आईटी, आईटी (सीएसई), बीएस्सी (एचओएनएस), साइबर सेक्युरिटी एन्ड डिजिटल फरेन्सिक र एमबीए कार्यक्रम सञ्चालन गरिरहेको छ ।