सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्राथमिक उपचारसम्बन्धी तालिम सम्पन्न


  •    न्युजभित्तो/२४ पुष २०८१, बुधबार १५:२६ 
  • तनहुँ, २४ पुस । जिल्लाको व्यास नगरपालिका–५ स्थित पाटन टोल विकास संस्थाले प्राथमिक उपचारसम्बन्धी एकदिने तालिम सम्पन्न भएको छ । योगदान राष्ट्रका लागि नामक संस्थाद्वारा प्राथमिक उपचारसम्बन्धी सचेतनामूलक तालिम सञ्चालन गरिएको हो ।

    संस्थाले अकस्मात् आगोले पोले, करेन्ट लागे, बेहोस भए, हृदयाघातलगायत समस्यामा प्राथमिक उपचार कसरी गर्न सकिन्छ भन्ने विषयमा सचेतनामूलक तालिम दिएको संस्थाका अध्यक्ष महेन्द्र गिरीले जनाकारी दिनुभयो । योगदान राष्ट्रका लागिका केन्द्रीय अध्यक्ष एवं अन्तर्राष्ट्रिय प्रशिक्षक ओम उप्रेतीले प्रशिक्षण दिनुभएको थियो । तालिममा ३५ जना सहभागी रहेका उहाँले बताउनुभयो ।

    संस्थाले देशका ६० भन्दा बढी जिल्लामा शाखा विस्तार गरिसकेको छ । हालसम्म विभिन्न स्थानमा एक लाखभन्दा बढीलाई प्राथमिक उपचारसम्बन्धी तालिम दिइसकेको अन्तर्राष्ट्रिय प्रशिक्षक उप्रेतीले जानकारी दिनुभयो । संस्थामा सदस्य लिन चहानेले निःशुल्क सदस्य बन्न सक्ने उहाँले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.