सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गर्भवतीका लागि पोषण कार्यक्रम प्रभावकारी बन्दै


  •    न्युजभित्तो/३ भाद्र २०८२, मंगलवार १०:०८ 
  • तनहुँ, ३ भदौ । जिल्लाको व्यास नगरपालिकाद्वारा सञ्चालित ‘महिलासँग उपप्रमुख’अन्तर्गत गर्भवती महिला पोषण कार्यक्रम प्रभावकारी बन्दै गएको छ । बालबालिकालाई कुपोषणमुक्त र स्वस्थ बनाउने, नवजात शिशु र आमा दुवैको मृत्युदर घटाउने, स्वास्थ्य स्याहार र सुरक्षा उपलब्ध गराउने उद्देश्यले सञ्चालित कार्यक्रम प्रभावकारी बन्दै गएको हो ।

    नगरपालिकाले चालु आर्थिक वर्षमा २४३ जना गर्भवतीलाई पोषण प्रोत्साहन रकम प्रदान गरेको छ । उक्त कार्यक्रमअन्तर्गत जनही रु पाँच हजारका दरले रु १२ लाख २५ हजार रकम वितरण गरिएको नगरका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, “गर्भवतीलाई पोषण प्रोत्साहन रकम प्रदान गरी कुपोषण हुनबाट बचाउने, नियमित गर्भ जाँच गराउने र असुरक्षित सुत्केरीलाई निरुत्साहित गर्ने उद्देश्य रहेको छ ।”

    स्वस्थ बच्चा जन्मन आमा निरोगी आवश्यक हुने गर्भवती चरणदेखि महिला कमजोर हुनेहुँदा पोषिलो खानाको आवश्यकतापर्ने भएकाले पोषणका लागि रकम प्रदान गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार आर्थिक विपन्नता भएको स्वास्थ्य जोखिम नहोस् भनेर कार्यक्रम सञ्चालन गरिएको हो ।

    प्रमुख प्रशासकीय अधिकृत गैरेले भन्नुभयो, “पोषण सहयोग कार्यक्रमले मातृ मृत्युदरमा न्यूनीकरण आएकाले कार्यक्रम प्रभावकारी बन्दै गएको छ, यसलाई निरन्तरता दिनेछौँ ।”

    नगरपालिकाभित्र रहेका सरकारी स्वास्थ्य संस्थाबाट कम्तीमा तीन पटक ९४, ६ र ८ महिनामा० गर्भजाँच गरेको गर्भवतीलाई आठ महिनापछि रु पाँच हजार प्रदान गर्ने व्यवस्था गरिएको महिला, बालिका तथा समाजकल्याण शाखाकी अधिकृत राधा आचार्यले बताउनुभयो । व्यास नगरपालिकामा स्थायी बसोबास गर्ने महिलाले मात्रै यस्तो सुविधा प्राप्त गर्नसक्ने प्रावधान रहेको उहाँले उल्लेख गर्नुभयो ।

    उहाँका अनुसार हालसम्म ५६ जनालाई अपाङ्गता र १२४ जनालाई ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरिएको छ । चालु आवमा १७ वटा संस्था दर्ता गरिनुका साथै २३ वटाको नवीकरण गरिएको महिला, बालिका तथा समाजकल्याण शाखाले जनाएको छ । अपाङ्गता भएका १९० जना ‘ग’ वर्गलाई रु चार हजारका दरले रु सात लाख ६० हजार प्रोत्साहन रकम वितरण गरिएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सालक बागमती प्रदेशको गौरव
    सुनचाँदीको मूल्य अस्थिर
    रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    • दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय
    • बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड
    • आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.