सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सेवा बढाउँदै भक्तपुर क्यान्सर अस्पताल


  •    न्युजभित्तो/२ भाद्र २०८२, सोमबार १३:३३ 
  • काठमाडौँ, २ भदौ । सरकारी तवरबाट सञ्चालित भक्तपुर क्यान्सर अस्पतालले क्यान्सर उपचारमा आफूलाई अब्बल बनाउँदै लगेको छ । अस्पतालले क्यान्सर उपचारका लागि विदेश जान नपर्ने गरी आफ्नो सेवा विस्तार गरेको छ । 
    अस्पतालले ‘ब्रेन’मा हुने क्यान्सर उपचार पद्धतिदेखि उपचारमा अत्याधुनिक उपकरण जडान गर्न सफल भएको छ । जसले गर्दा बिरामीलाई नेपालमा उपचार गर्न सहज भएको छ ।
    अस्पतालका कार्यकारी निर्देशक डा उज्ज्वल चालिसेले क्यान्सर रोगको उपचार सबै किसिमको उपलब्ध गराउनका लागि आफूहरू प्रयासरत रहेको बताउनुभयो । “हामीले अस्पतालमा आएका बिरामीलाई यही नै सबै उपचार गर्न सक्षम हुने तरिकाले सेवासुविधामा विस्तार गरेका छौँ”, उहाँले भन्नुभयो, “बिरामीलाई  गुणस्तरीय सेवा दिनका लागि क्यान्सरका प्रविधिहरू जोड्दै लगेका छौँ ।”
    कार्यकारी निर्देशक डा चासिलेका अनुसार अस्पतालमा ‘फ्लोसाइटो मेट्रिक प्रविधि’, ‘क्लिया’ सिस्टोस्कोप, इन्डोस्कोप, सिटीस्क्यान, अपरेटिङ न्यूरोमाइक्रोस्कोप र सि–आर्म एक्स–रे प्रणालीको विस्तार गरिएका हुन् । 
    नयाँ सेवाबाट क्यान्सरको प्रारम्भिक अवस्था, रगत क्यान्सर, पेटको आन्द्राको समस्या र मस्तिष्कको ‘ट्युमर’को उपचारमा बिरामीलाई सजिलो हुनेछ । अस्पतालले हालै ‘फ्लोसाइटो मेट्रिक प्रविधि’ भित्र्याएको छ । यस प्रविधिले रगतको माध्यमबाट क्यान्सर रोग पत्ता लगाउने गर्दछ । सो प्रविधि अब चाँडै नै सञ्चालनमा ल्याउने अस्पतालका कार्यकारी निर्देशक डा चालिसेले जानकारी दिनुभयो । 
    “रगत क्यान्सर कस्तो प्रकारको हो, कुन औषधि चलाउने ठीक हुन्छ भन्ने कुरा उक्त प्रविधिबाट थाहा हुन्छ”, उहाँले भन्नुभयो, “हामीले अस्पताललाई बिस्तारै प्रविधिले सुसज्जित बनाइसक्याँै । क्यान्सरको उपचार गर्न विदेशमा जान नपर्नेगरी सेवा विस्तारमा लागेका छाँै ।”
    यस्तै, अस्पतालले ‘बायो क्यामेस्ट्री’ प्रविधि पनि भित्र्याइसकेको छ । उक्त प्रविधिले बिरामीलाई कति प्रतिशत ‘किमो’ दिने भन्ने जाँच गरिन्छ र सोही अनुसार किमो प्रदान गरिने अस्पतालका कार्यकारी निर्देशक डा चालिसेले जानकारी दिनुभयो ।
    यस्तै ‘क्लिया’ प्रविधिले शरीरमा ‘ट्युमर मार्कर’ पत्ता लगाउने गर्दछ । यस प्रविधिले कहाँसम्म क्यान्सर फैलिएको छ भन्ने पत्ता लगाउने गरेको कार्यकारी निर्देशक डा चालिसले जानकारी दिनुभयो । 
    यस्तै ‘सिस्टोस्कोप’ प्रविधि पनि अस्पतालले भित्र्याउन सकेको छ । जसले मूत्रथैलीमा हुने क्यान्सर उपचार प्रणालीका बारेमा जानकारी दिन्छ । विशेषगरी सिस्टोस्कोपमार्फत मूत्रनली र मूत्रथैलीको अवस्था हेर्न सकिनेछ । 
    ‘इन्डोस्कोप’ले पेट र आन्द्राको अवलोकन सहज बनाउनेछ । ‘अपरेटिङ न्युरोस्कोप’ले मस्तिष्क र मेरुदण्डको जटिल शल्यक्रियालाई सम्भव बनाउनेछ । ‘सिआर्म एक्स’रे मेसिनले एक्स–रेमार्फत वास्तविक समयमै छायाँ हेरेर सर्जरी गाइड गर्न सकिनेछ । 
    अस्पतालका कार्यकारी निर्देशक डा चालिसेले सेवा विस्तारले रोगको जटिल अवस्था नपर्खीकन प्रारम्भिक अवस्थामा नै यसको सही निदान गर्न सक्षम भएको बताउनुभयो । यसले उपचारको सफलतामा उल्लेखनीय वृद्धि ल्याउने उहाँको भनाइ रहेको छ । 
    अस्पतालले चार शय्याको सघन उपचार कक्ष ९आइसियु० सहित सात शय्याको ‘डे केयर’ र वार्डसहित १५ शय्याको सहितको बाल क्यान्सर वार्ड सञ्चालनमा ल्याएको छ । निजी अस्पतालभन्दा भक्तपुर क्यान्सर अस्पतालमा करिब चार गुणा सस्तो बिरामीको उपचार हुने गरेको अस्पतालको दाबी छ । 
    निर्देशक डा चासिलेका अनुसार स्तन क्यान्सरको उपचारबाहिर निजी अस्पतालमा गर्दा करिब पाँच लाख लाग्ने गरेकामा भक्तपुर क्यान्सर अस्पतालमा गर्दा रु एक लाखसम्म लाग्ने गर्दछ ।
    यसैगरी, ‘रेडियोथेपारी’ बाहिर निजी अस्पताल गराउँदा रु पाँच लाखसम्म लाग्ने गरेकामा अस्पतालमा भने एकदेखि एक लाख ५० हजारमा गरिन्छ । अस्पतालका लागि एमआरआई, रगत क्यान्सर रोगको उपचारका लागि ‘बोन म्यारो प्रत्यारोपण’जस्ता सेवा थप्न सके बिरामीलाई अझ उपचार दिन सकिने उहाँको भनाइ छ ।
    यस्तै, अस्पतालले २५६ स्लाइस क्षमताको ‘सिटीस्क्यान’ थप्न सफल भएको छ । उक्त प्रविधिले दिनमा ३० देखि ३५ जना बिरामीको सिटीस्क्यान गर्न सकिने कार्यकारी निर्देशक डा चालिसेले जानकारी दिनुभयो । 
    यसैगरी, अस्पतालले टाउको तथा घाँटीसम्बन्धी क्यान्सरको उपचार गर्न दन्त तथा मुख रोग विभाग तथा स्तन क्यान्सर उपचार गर्न छुट्टै वार्ड सुरू गरेको छ । अस्पतालमा अहिले दैनिक ७०० जना बिरामी आउने गरेका छन् । तीमध्ये ३०० जनाबाहेक सबै क्यान्सरका बिरामी रहने गरेको उहाँले जानकारी दिनुभयो । 
    अस्पतालमा दैनिक सातदेखि आठ जनासम्म बिरामीको शल्यक्रिया हुने गरेको छ । पाँच वटा ‘अप्रेसन थियटर’, १५ शय्याको शल्यक्रिया कक्षसहित अस्पतालमा १५० शय्या रहेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    • भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    • मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.