सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गण्डकी प्रदेशलाई स्वास्थ्य क्षेत्रको ‘हव’ बनाउन लक्ष्य


  •    न्युजभित्तो/१ भाद्र २०८२, आईतवार १५:१४ 
  • गोरखा, १ भदौ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशलाई स्वास्थ्य क्षेत्रको ‘हव’ बनाउने लक्ष्य रहेको बताउनुभएको छ । गोरखा सदरमुकामस्थित गोरखा एनपिआई हस्पिटलको आज उद्घाटन गर्दै उहाँले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथामिकतामा राखेर चालु आर्थिक वर्षमा कूल बजेटको १० प्रतिशत रकम विनियोजन गरेको जानकारी दिनुभयो ।

    गण्डकीलाई स्वास्थ्य पर्यटनको केन्द्र बनाउन सकिने सम्भावना औँंल्याउँदै मुख्यमन्त्री पाण्डेले सोही उद्देश्यका साथ योजनाबद्ध काम भइरहेको उल्लेख गर्नुभयो । “आफू मुख्यमन्त्री हुँदा प्रदेशभरिका अस्पतालमा १६५ शय्या मात्र रहेकामा अहिले ६५० शय्यामा विस्तार भएका छन्”, उहाँले भन्नुभयो । स्वास्थ्य सेवा, चिकित्सा शिक्षा र निजी क्षेत्रमा लगानीको वातावरण तयार पारेर रोजगारीका प्रशस्त अवसर सिर्जना गर्न सकिने उहाँले धारणा राख्न’भयो ।

    “नयाँ अवसर सिर्जना नगरी युवालाई विदेश पठाउनबाट रोक्न सकिँदैन्”, मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “स्वास्थ्य क्षेत्रमा रोजगारी सिर्जना हाम्रो अर्को लक्ष्य हो, विशेषज्ञ चिकित्सक, नर्स र स्वास्थ्यकर्मीलाई अब प्रदेशमा आकर्षक रोजगारीको अवसर सिर्जना गर्नेतर्फ हामी जुटेका छौँ ।” अस्पताल र स्वास्थ्य संस्था विस्तारसँगै निजी क्षेत्रलाई लगानीमा प्रोत्साहित गर्ने नीति सरकारले लिएको उहाँले बताउनुभयो ।

    “जनताको स्वास्थ्य सेवा सर्वोपरी हो, त्यसमा कुनै कमी हुनुहुँदैन”, मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “गण्डकी प्रदेश स्वास्थ्य क्षेत्रमा अब्बल बन्न सक्छ, त्यसका लागि स्वास्थ्य पूर्वाधारमा ठूलो लगानी गर्नुपर्ने जरुरी छ ।” उहाँले निजी क्षेत्रलाई लगानीका लागि प्रदेश सरकारका कुनै नीति तथा कानुन बाधक भए आवश्यक छलफल गरेर संशोधन गर्न सकिने जानकारी दिनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    सालक बागमती प्रदेशको गौरव
    सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    • दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय
    • बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.