जापानिज इन्सेफ्लाइटिसबाट पूर्वी नवलपरासीमा ५२ वर्षीय पुरुषको मृत्यु
न्युजभित्तो/४ भाद्र २०८२, बुधबार ११:००
नवलपरासी, ४ भदौ । जापानिज इन्सेफ्लाइटिस संक्रमणबाट पूर्वी नवलपरासीमा एक जनाको मृत्यु भएको छ। यो रोगबाट मध्यविन्दु नगरपालिकाका-१ पतवारीका ५२ वर्षीय पुरुषको मृत्यु भएको हो।
जापानिज इन्सेफलाइटिस संक्रमण भएकी कावासोतीकी ४४ वर्षीय महिला र ५१ वर्षका पुरुष भने उपचारपछि निको भएका छन्।
नवलपरासी पूर्वका विभिन्न वडामा जापानिज इन्सेफ्लाइटिसका बिरामी देखिएपछि भावित क्षेत्रका १३ जनाको रगत परीक्षण गरिएको छ।
यो रोग क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट सर्छ। त्यसैले लामखुट्टेको टोकाइबाट जोगिन चिकित्सकले सुझाव दिएका छन्।
अचानक उच्च ज्वरो आउने, बेस्सरी टाउको दुख्ने, बान्ता हुने, शरीर काम्ने, घाँटी दुख्ने लक्षण जापानिज इन्सेफ्लाइटिसका हुन्।
चितवनमा पनि जापानिज इन्सेफ्लाइटिस संक्रमणबाट तीन जनाको मृत्यु भएको छ।