सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मुस्ताङमा एक महिलामा डेङ्गु सक्रमण


  •    न्युजभित्तो/३ भाद्र २०८२, मंगलवार १५:१३ 
  • मुस्ताङ, ३ भदौ । हिमाली जिल्ला मुस्ताङमा एक महिलामा डेङ्गु सक्रमण देखिएको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाकी ३८ वर्षीया महिलामा डेङ्गु सङ्क्रमण भएको हो ।

    डेङ्गु सङ्क्रमित महिला बिरामी परेपछि उपचारका लागि प्रदेश अस्पताल जोमसोममा भर्ना भएकी थिइन् । सोही क्रममा स्वास्थ्य परीक्षण गर्दा ती महिलामा डेङ्गु रोगको सङ्क्रमण देखिएको अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा समिक्षा कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार बिरामी महिला उपचारपछि घर फर्किनुभएको छ ।

    साउनमा यहाँ डेङ्गु रोग सङ्क्रमण देखिएको यो पहिलो घटना भएको डा कँडेलले जानकारी दिनुभयो । यहाँ आउने पर्यटकका माध्यमबाट यहाँ डेङ्गु सङ्क्रमण देखिएको उहाँको भनाइ छ । यसअघि मुस्ताङस्थित प्रदेश अस्पताल जोमसोममा आव २०८०÷८१ मा चार जना तथा आव २०८१÷८२ मा १७ जनामा डेङ्गु सङ्क्रमण देखिएको मुस्ताङ अस्पतालको तथ्याङ्कमा उल्लेख छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सालक बागमती प्रदेशको गौरव
    सुनचाँदीको मूल्य अस्थिर
    रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    • दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय
    • बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड
    • आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.