सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दमौली अस्पतालबाट एक वर्षमा एक लाख सेवाग्राही लाभान्वित


  •    न्युजभित्तो/४ भाद्र २०८२, बुधबार १५:३२ 
  • दमौली (तनहुँ), ४ भदौ । जिल्ला सदरमुकामस्थित प्रदेश अस्पताल दमौलीले एक वर्षमा एक लाखभन्दा बढी सेवाग्राहीलाई सेवा प्रदान गरेको छ । कार्यालयले गत आर्थिक वर्ष २०८१/८२ मा एक लाख सात हजार ९८३ जनालाई सेवा दिएको हो । 
    विभिन्न सेवा थप भएसँगै सेवाग्राहीको सङ्ख्या बढेको अस्पतालका प्रमुख डा परिवर्तन बरालले बताउनुभयो । आव २०८०/८१ मा ९८ हजार ३५६ जनाले सेवा लिएकामा आव २०७९/८० मा ७३ हजार २५३ र आव २०७८/७९ मा ६४ हजार ५९४ ले सेवा लिएका उहाँले जानकारी दिनुभयो । 
    अस्पतालमा प्रत्येक वर्ष बिरामीको सङ्ख्या बढ्दो अवस्थामा रहेको बताउँदै प्रमुख बरालले यहाँ तनहुँका अतिरिक्त छिमेकी जिल्ला लमजुङका बासिन्दा समेत उपचारका लागि आउने गरेका उल्लेख गर्नुभयो ।
    एक वर्षको अवधिमा बहिरङ्ग (ओपिडी) मा ३६ हजार ६१७ बिरामीले सेवा लिएका छन् भने सोही अवधिमा ३७ हजार ९२९ जनालाई प्रयोगशाला सेवा, पाँच हजार ९१९ जनाले अल्ट्रासाउण्ड र चार हजार २१९ जनाले इसिजी सेवा लिएका जनाइएको छ ।
    अस्पतालले ५० जनालाई शल्यक्रियामार्फत प्रसूति सेवा दिएको छ । अघिल्लो आवमा १९ जनाले उक्त सेवा लिएका थिए । डा बरालले भन्नुभयो, “बढ्दो सहरीकरणसँगै अस्पतालमा सेवाग्राहीको चाप बढ्दो छ, हाल भइरहेको जनशक्ति र क्षमताले सेवा प्रवाहमा कठिनाइ उत्पन्न भएको छ ।” 
    उहाँका अनुसार अस्पतालमा एक सय १५ जनाको जनशक्ति छ । तीमध्ये विशेषज्ञ चिकित्सक ३१, नर्स ३६, प्रयोगशालाका कर्मचारी छ, प्रशासनका कर्मचारी सात, अन्य प्रविधिक १३ र सहायक कार्यरत २२ जना छन् । 
    पन्ध्र शय्या स्वीकृतिको अस्पतालले हाल ५० शय्यामा सेवा दिइरहेको छ । अस्पताललाई एक सय शय्यामा विस्तार गर्ने गण्डकी प्रदेश सरकारले निर्णय गरिसकेकाले स्तरोन्नति प्रक्रिया सुरु भइसकको बरालको भनाइ छ । 
    यहाँ सर्पदंश केन्द्र, रक्तसञ्चार केन्द्रको क्षमता वृद्धि, फोहरमैला व्यवस्थापन, डायलाइसिस सेवाको क्षमता वृद्धिका साथै अस्पताललाई ट्रमा सेन्टरका रूपमा विकास गर्नुपर्ने डा बरालले आवश्यकता औँल्याउनुभयो ।
    विसं २०३४ मा स्वास्थ्यचौकीका रूपमा स्थापना भई २०५५ सालमा प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा स्तरोन्नति भएको यो अस्पताल २०५९ सालमा अस्पतालका रूपमा स्तरोन्नति भएको थियो । 
    यहाँ फोहरपानीको व्यवस्थापन, फोहरमैला व्यवस्थापनका लागि अटोक्लेप्ससहित भवन निर्माण, आँखा विशेषज्ञसहितको सेवा सञ्चालन, अत्याधुनिक दाँत सेवा, यनेस्थेसिया सेवा, भेन्टिलेटरसहित आइसीयू कक्ष, अत्याधुनिक ल्याब सेवा, डिजिटल एक्सरे, निःशुल्क औषधि कक्षलगायत सेवा विस्तार भइसकेको छ । साथै शव राख्नका लागि दुई तह भएका दुईवटा मर्चरी चेम्बरको पनि अस्पतालमा व्यवस्था गरिएको छ ।
    अस्पतालले आकस्मिक सेवा, फार्मेसी, एआरटी, ल्याब्रोटोरी, दन्त, आँखा सेवाका अतिरिक्त मानसिक उपचार र डायलाइसिस सेवा पनि प्रदान गर्दै आइरहेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सालक बागमती प्रदेशको गौरव
    सुनचाँदीको मूल्य अस्थिर
    रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    • दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय
    • बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड
    • आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.