स्वास्थ्य / शिक्षा
सिमकोट, १२ पुस । हुम्लाको दक्षिणी क्षेत्रमा रहेका महिलाले कात्तिकदेखि सुत्केरी भत्ता नपाएको गुनासो गरेका छन् । तल्लो क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकाका महिलाले आफूहरु सुत्केरी हुँदा पाउनुपर्ने भत्ता नपाएको गुनासो गरेका हुन् । प्रसूतिगृहमा सुत्केरी हुनेलाई निश्चित रकम भत्ता...
बुटवल, १२ पुस । आईसीयूमा उपचाररत एकजना कोरोना संक्रमित पुरुष बुटवलको कोरोना विशेष अस्पतालबाट भागेका छन् । बुटवल १३ का ५५ वर्षीया पुरुष आइतबार बिहान ६ बजेतिर शौचालय जान्छु भनेर भागेका हुन् । आईसीयूमा लगाउने अस्पतालको कपडा र चप्पलसहित अस्पतालका...
काठमाडौं, १२ पुस । जापानले नेपाललगायतका मुलुकहरुबाट आउने विदेशी नागरिकहरुलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । जापानमा कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रकार (भेरियन्ट) भेटिएसँगै सोमबारबाट लागू हुने गरी जापानले विदेशी नागरिकलाई मुलुक प्रवेशमा रोक लगाउने निर्णय गरेको...
मुग्लिन (चितवन), ११ पुस । चितवनको एकमात्र गाउँपालिका इच्छाकामनामा पहिलोपटक आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ । नेपाल नेत्रज्योति सङ्घ, भरतपुर आँखा अस्पताल र गाउँपालिकाको सहकार्यमा इच्छाकामना–४ कुरिनटारमा आँखा अस्पताल सञ्चालनमा आएको हो । केन्द्रको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले...
काठमाडौं, पुस १० गते । नेपालमा कोरोनाभाइरसका ६०८ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमित दुई लाख ५७ हजार २०० पुगेको छ । हालसम्म १९ लाख ३९२ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९...
चितवन, १० पुष । चितवनमा कोरोना भाइरस संक्रमितको संख्या घट्दै गएको छ । गत भाद्रयता उच्च देखिएको संक्रमणदर मंसिरयता भने घट्दै गएको हो । संक्रमितको संख्या घट्दा निको हुने दर भने बढ्दै गएको छ । मंसिर महिनामा संक्रमण दर पछिल्लो...
काठमाडौं, १० पुस । सरकारले भारत निर्माण भइरहेको कोभिड–१९ विरुद्धको खोप सकेसम्म छिटो ल्याउन कूटनीतिक पहल अगाडि बढाएको छ । भारतमा अहिले अन्तिम चरणमा रहेका खोपले त्यहाँ आपतकालीन प्रयोगका लागि अनुमति पाउनासाथ नेपालमा पनि ल्याउने सरकारी योजना छ । यसका लागि...
काठमाडौं, १० पुस । अक्सफोर्ड युनिभर्सिटी र एक्स्ट्राजेनेकाले विकास गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप अनुमतिको पर्खाइमा छ । यद्यपि यो खोपको विषयमा अहिले समस्या देखिएको छ । यो खोप विकासको क्रममा भएको परीक्षणको त्रुटिको कारण विवाद देखिएको हो...
चितवन,१० पुस। भरतपुरका थप ९ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा भरतपुरका ९ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको हो । संक्रमित हुनेहरुमा भरतपुर महानगरपालिकाका मात्रै ९ जना रहेका छ्न् ।...
चितवन, १० पुस । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा अत्याधुनिक उपकरण भित्रिएका छन् । बिरामीको उपचारमा सघाउने ती उपकरण भित्रिएसँगै सेवा प्रभावकारी हुने देखिएको हो । अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमका अनुसार आधुनिक माइक्रोस्कोप, इबस र लेजर सर्जरी उपकरण...














