सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

“हाम्रो दृष्टि राम्रो दृष्टि”ले गर्यो शैक्षिक तथा खेलकुद सामाग्री वितरण


  •    न्युजभित्तो/१८ पुष २०७७, शनिबार १९:५७ 
  • -रविन देवकोटा चितवन,१९ पुस। सामाजिक रुपान्तरणमा युवा अभियान भन्ने मुल नाराका साथ स्थापना भएको सामाजिक संस्था “हाम्रो दृष्टि राम्रो दृष्टि”ले आज सपनाको झोला प्रथम चरण अन्तर्गत शैक्षिक सामाग्री तथा खेलकुद सामाग्री वितरण गरेको छ।
    चितवनको कालिका नगरपालिका वडा नं ११ दौतेसमा अवस्थित श्री राष्ट्रिय आधारभुत बिधालयमा अध्ययनरत कक्षा शिशु देखि कक्षा तीन सम्मका बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री तथा खेलकुद सामाग्री वितरण गरेको हो।संस्थाका निवर्तमान अध्यक्ष तथा संस्थापक अध्यक्ष वसन्त गैरेको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा सोही वडाका महिला वडा सदस्य निरमाया चेपाङ बिशिस्ट अतिथी रहनु भएको थियो।कार्यक्रममा बिधालयका प्रधानध्यापक खड्क चेपाङ,बिधालय अभिभावक संघका अध्यक्ष हरि बहादुर प्रजा,बिशिस्ट अतिथि महिला वडा सदस्य निरमाया चेपाङले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

    कार्यक्रम संयोजक श्रवण बर्सौलाले स्वागत मन्तव्य राख्नुभएको सो कार्यक्रममा संस्थाका केन्द्रिय सचीव रोहन बगालेले संस्थाको परिचय र आजका दिनसम्म गरेको कार्यक्रमहरुको बारेमा प्रकाश पार्नुभएको थियो।
    उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथी गैरेले भन्नुभयो:- शिक्षा महत्त्वपूर्ण कुरा हो यसबाट कुनै पनि ठाउँ र क्षेत्रका बालबालिकालाई शिक्षा बाट वन्जित गराउन हुदैन र शिक्षा सँगसँगै बालबालिकाको स्वास्थ्यमा नि अभिभावकहरुले उत्तिकै चासो राख्नुपर्ने भन्दै ठाउँ पिछडिएको भएनी सोच सानो नगर्न अभिभावकलाई अनुरोध गर्नु भएको थियो उहाँले भन्नुभयो:-स्थानीय सरकार लाचार हुनाले नै त्यहाँको विकास हुन नसकेको बताउदै बिद्यार्थीहरुको नाममा आएको रकम नि नगरपालिका र स्थानीय सरकार मिलेर हिनामिना गरेको आरोप लगाउनुभयो।

    संस्थाका केन्द्रीय अध्यक्ष अरुण पौडेलको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा अध्यक्ष पौडेलले यस कार्यक्रमलाई सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी मनहरुलाइ धन्यवाद दिदै आगामी दिनमा यस्तै बिद्यार्थीहरु तथा बालबालिकाहरुको क्षेत्रमा संस्थाले क्रियासिल भएर काम गर्नेमा आफू विश्वत रहेको र सो कार्यक्रममा ३६०००बराबरको सहयोग गरेको बताउनुभयो सो कार्यक्रम संस्थाका केन्द्रिय सह सचीव रविन देवकोटाले संन्चालन गर्नु भएको थियो।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.