लायन्स क्लबको आयोजनामा १४८ जनाको निःशुल्क स्वास्थ्य परीक्षण
न्युजभित्तो/१८ पुष २०७७, शनिबार १८:३४
चितवन, १८ पुस । लायन्स क्लब अफ चितवन गोल्डेनको आयोजनामा आज शनिबार भरतपुर १५ कल्याणपुरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरियो । कार्यक्रममा १४८ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हो ।
क्लबका अध्यक्ष रामचन्द्र तिमिल्सेनाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि पूर्व डिष्ट्रिक गभर्नर राजकुमार श्रेष्ठ प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा डिष्ट्रिक कोअर्डिनेटरहरु हरिप्रसाद घिमिरे, कमलप्रसाद श्रेष्ठ, माधवप्रसाद पौडेलले मन्तव्य राख्नु भएको थियो । यसैगरी एओजी लक्ष्मी रिमाल पौडेल, एरिया सचिव पूर्णप्रसाद शर्मा, डा.प्रकाश अर्याल, नेपाल फर्मास्यूटिकल्स एण्ड ल्याबका केशव घिमिरे लगायतले सो अवसरमा बोल्नु भएको थियो ।
डा. प्रकाश अर्यालको नेतृत्वको चिकित्सक टोलीले मुधुमेहसँगै मुटु, मृगौला, आँखा र नसा रोगको परीक्षण गरेको थियो । चिकित्सकका अनुसार खानपान र आहार विहारमा ध्यान पु¥याउन सके मधुमेहलाई नियन्त्रण गर्न सकिन्छ ।