स्वास्थ्य / शिक्षा
भक्तपुर, २४ चैत । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशअन्तर्गत सञ्चालित सबै अस्पताललाई कूल शय्याको कम्तीमा १० प्रतिशत शय्या गरिब तथा विपन्न बिरामीलाई निःशुल्क उपलब्ध गराउन निर्देशन जारी गरेको छ । आज स्वास्थ्यमन्त्री किरण थापामगरले रासससँगको कुराकानीमा कानुनमा उल्लेख भएअनुसार अस्पतालले...
चितवन, २३ चैत । यहाँ उपचारका लागि आएका बिरामीमध्ये १८ जनामा कुष्ठ रोगको सङ्क्रमण भएको पाइएको छ । साउनयता अस्पतालमा आएका बिरामीमध्ये सबैभन्दा धेरै भरतपुर महानगरपालिकामा यस रोगको सङ्क्रमण देखिएको हो । जनस्वास्थ्य कार्यालयका क्षयकुष्ठ अधिकृत जयराम दुवाडीका अनुसार भरतपुर...
चितवन, २२ चैत । जिल्लामा यही चैत २५ गतेदेखि ‘जापानिज इन्सेफलाइटिस’विरुद्धको खोप अभिान सुरुआत गरिने भएको छ । जिल्लाको माडी नगरपालिकामा १८ हजार ८११ जना र भरतपुर महानगरपालिका–१९ मा चार हजार २०४ जनालाई खोप लगाउन लागिएको हो । जनस्वास्थ्य कार्यलयका...
गुल्मी, २२ चैत । गुल्मी जिल्लाको मालिका गाउँपालिका–७ घमिरमा शनिबार सञ्चालन गरिएको निःशुल्क औषधिसहितको बृहत् स्वास्थ्य शिविरबाट एक हजार ३०० नागरिकले लाभान्वित भएका छन् । खेलकुद तथा सांस्कृतिक युवा क्लबको आयोजना तथा वडा कार्यालयको समन्वयमा घमिर स्वास्थ्यचौकीमा उक्त शिविर सञ्चालन...
चितवन, २१ चैत । पूर्वाञ्चल विश्वविद्यालय चिकित्सा शास्त्र संकायका डीन प्रा. डा. शैलेशमणि पोखरेलले अध्यापनबाट मात्रै नभई शिक्षकहरुको व्यवहारबाट पनि विद्यार्थीलेहरुले सिक्ने बताउनु भएको छ । शनिबार भरतपुरस्थित श्री कलेज अफ टेक्नोलोजीको १७औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले शिक्षकहरुको...
महेन्द्रनगर, २० चैत । सशस्त्र प्रहरी बलले कञ्चनपुरको पुनर्वासमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ७६९ जना लाभान्वित भएका छन् । सात नम्बर वैद्यनाथ बाहिनीको २५ औँ स्थापना दिवसका अवसरमा आयोजना गरिएको शिविरमा विशेषगरी ज्येष्ठ नागरिक, महिला र बालबालिकाले सेवा लिनुभएको...
काठमाडौँ, २० चैत । गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनका घाइतेलाई भेट्नुभएको छ । उहाँले केएमसी अस्पतालमा उपचाररत घाइतेलाई गए राति भेट्नुभएको हो । चिकित्सकहरूबाट उहाँहरूको स्वास्थ्यस्थितिबारेपनि मन्त्री गुरुङले जानकारी लिनुभएको गृहमन्त्रीको निजी सचिवालयले जनाएको छ । घाइतेहरूलाई पूर्वसांसद डा सुनिल शर्माले...
दमौली (तनहुँ), १९ चैत । तनहुँको भानु नगरपालिकामा सञ्चालन गरिएको आँखा परीक्षण शिविरअन्तर्गत एक हजार ५०० जनाको निशुल्क आँचा परीक्षण गरिएको छ । उक्त शिविरमा मोतियाविन्दुको समस्या देखिएका एक सय १० जनाको आँखाको शल्यक्रिया गरिएको हो । आइतबारदेखि सुरु भई...
खोटाङ, १९ चैत । दिक्तेल बजारमा दिनदिने निःशुल्क आँखा शिविर सुरु भएको छ । नेपाल नेत्रज्योति सङ्घ खोटाङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आयोजना तथा सरगमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा आजदेखि तीन दिने निःशुल्क शिविर सुरु भएको...
टीकापुर, १९ चैत । कैलालीको टीकापुरका एचआईभी सङ्क्रमितहरुले पोषण सहयोग नियमित गर्न पालिकासँग माग गरेका छन् । एचआईभी सङ्क्रमितलाई टीकापुर नगरपालिकाले विगत ६ वर्षदेखि पोषण सहयोगबापतप्रति व्यक्ति ६ हजार उपलब्ध गराउँदै आएको छ । सङ्क्रमित व्यक्तिको बैंक खातामार्फत पोषणका लागि...

















