स्वास्थ्य / शिक्षा
दमौली (तनहुँ), १९ चैत । तनहुँको भानु नगरपालिकामा सञ्चालन गरिएको निःशुल्क आँखा परीक्षण शिविरमा एक हजार पाँच सय जनाको परीक्षण गरिएको छ । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित सो शिविरमा मोतियाविन्दुको समस्या देखिएका ११०...
बैतडी, १९ चैत । महामारी तथा विपद्का बेला सूचना आदानप्रदान गर्न शिवनाथ गाउँपालिका–३ स्थित श्रीपुर आधारभूत स्वास्थ्य केन्द्रमा ‘सतर्कता केन्द्र’ सञ्चालन गरिएको छ । केन्द्रका प्रमुख मोहन कलौनीका अनुसार आपत्कालीन अवस्थामा एक किलोमिटरको परिधिमा साइरनको आवाज पुग्नेगरी स्वास्थ्य केन्द्र...
जलेश्वर (महोत्तरी), १८ चैत । महोत्तरी सदरमुकाम जलेश्वरस्थित अवस्थित प्रादेशिक अस्पतालमा ‘डायलाइसिस’ सेवा सुरुआत भएको छ । मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री जङ्गीलाल राय, सचिव डा प्रमोदकुमार यादव र प्रादेशिक अस्पताल जलेश्वरका निमित्त कार्यालय प्रमुख डा रवि श्रीवास्तवले सो सेवाको...
मुस्ताङ, १८ चैत । यहाँका पाँचवटै स्थानीय तहमा एक सय ९४ जना किशोरीलाई लक्षित गरी पाठेघरको मुखको क्यान्सर रोगविरुद्धको ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) खोप अभियान सुरु गरिएको छ । पाँच स्थानीय तहका १६ सामुदायिक र दुईवटा संस्थागत विद्यालयमा कक्षा ६...
काठमाडौँ, १७ चैत । विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा सेवा दिन आनाकानी गरेको तथा बिरामीलाई आवश्यक सुविधा नदिइएको पाइएपछि स्वास्थ्य बीमा बोर्डले कानुनअनुसार कारबाही हुने चेतावनी दिएको छ । बीमा कार्यक्रमअन्तर्गत सेवा प्रवाहका क्रममा केही सेवा प्रदायक स्वास्थ्य...
पर्वत, १५ चैत । फलेवास देवीस्थानस्थित जनता माध्यमिक विद्यालयमा आयोजना गरिएको स्वास्थ्य शिविरमा करिब ४०० जना बिरामीले परीक्षण गराएका छन् । शिविरमा मुटुरोग विशेषज्ञद्वारा मुटुसम्बन्धी विस्तृत परीक्षण, मधुमेह तथा रक्तचाप परीक्षण, सामान्य रोगको परीक्षण तथा परामर्श तथा कार्डियो डाइबेटिकसम्बन्धी...
काठमाडौँ, १३ चैत । स्वास्थ्य तथा जनसङ्ख्या एवम् खानेपानीमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद निशा मेहता नियुक्त हुनुभएको छ । राष्ट्रपति भवन शीतलनिवासमा आज आयोजित विशेष समारोहमा मेहताले राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभयो । पेसाले नर्स उहाँ रास्वपामा स्थापनाकालदेखि...
चितवन, १३ चैत । माडी नगरपालिकामा रहेका स्वास्थ्य संस्थामा ‘मोबाइल एप्स’बाट आँखा परीक्षण गरिने भएको छ । भरतपुर आँखा अस्पतालले नेपाल नेत्रज्योति सङ्घ केन्द्रको समन्वयमा माडी नगरपालिकाका– १० स्वास्थ्य केन्द्रमा आँखा परीक्षण गर्न लागेको हो । पोर्टेबल आई एक्जामिनेशन...
काँक्रेविहार (सुर्खेत), १२ चैत । कर्णाली प्रदेशका १० जिल्लामा चालु आर्थिक वर्षको आठ महिनामा ८६१ जना क्षयरोगी भेटिएका छन् । स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका क्षयरोग तथा कुष्ठरोग अधिकृत पदमबहादुर केसीका अनुसार आर्थिक वर्ष २०८०/८१ मा १ हजार ७१४ क्षयरोगी भेटिएकामा...
काठमाडौं १२ चैत । विगत एक वर्षमा ४ लाख भन्दाबढी आँखाका बिरामीहरुको निःशुल्क उपचार गरिएको छ । नेपाल नेत्रज्योति संघको सञ्जालभित्र आवद्ध २८ आँखा अस्पताल, २२६ आँखा उपचार केन्द्र तथा बिभिन्न बाह्य कार्यक्रमहरु मार्फत ४ लाख ५४ हजार ९...

















