सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर


  •    न्युजभित्तो/१८ बैशाख २०८३, शुक्रबार १४:३५ 
  • काठमाडौँ, १८ वैशाख । बागमती र त्यसका सहायक नदी किनारबाट हटाइएका सुकुमबासीका लागि सरकारले त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा स्वास्थ्य शिविरमार्फत बहुआयामिक स्वास्थ्य सेवा उपलब्ध गराइरहेको जनाएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा विकास देवकोटाले सकेसम्म धेरै नागरिकलाई समेटेर स्वास्थ्य उपचार सेवा प्रदान गर्ने प्रयास भइरहेको बताउनुभयो । उहाँका अनुसार शिविरमा बालरोग, स्त्रीरोग, दन्त उपचार तथा मनोसामाजिक परामर्श सेवा सञ्चालन गरिएको छ । 

    रङ्गशालामा आफनो विवरण टिपाउन आउनेहरुले त्यहाँ सञ्चिालित स्वास्थ्य सहायता एवं उपचार कक्षमार्फत स्वास्थ्य सेवा उपलब्ध गराइरहेको हो । 

    “शुक्रबार साँझ बजेसम्म ६८ जनाले सेवा लिनुभएको छ । सम्भव भएसम्म यही उपचार गरेका छौँ, थप उपचार आवश्यक भए सरकारी अस्पतालमा सिफारिस गर्दै आएका छौँ,” सचिव डा देवकोटाले भन्नुभयो । उहाँका अनुसार कीर्तिपुरमा सञ्चालित अर्को शिविरमा आँखा र दाँतसम्बन्धी सेवा लिनहरुको सङ्ख्या उल्लेख्य छ । 

    दशरथ रङ्गशालास्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको नेतृत्वमा बहिरङ्ग (ओपीडी) सेवा सञ्चालन भइरहेको छ । अस्पतालका निर्देशकसहित पाँच जना स्वास्थ्यकर्मीको टोली खटिनु भएको छ ।

    यस्तै, परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालबाट एक चिकित्सक र एक नर्स, पाटन मानसिक अस्पतालबाट चिकित्सक र नर्स गरी चार जना तथा कान्ति बाल अस्पतालबाट बालरोग विशेषज्ञसहित नर्स खटिनुभएको छ ।

    पाटन मानसिक अस्पतालका डा वासुदेव कार्कीले मनोसामाजिक परामर्श लिन आउनेलाई परामर्शसँगै आवश्यक औषधि उपलब्ध गराउने काम भइरहेको जानकारी दिनुभयो । 

    कान्ति बाल अस्पतालका डा जगरनाथ साहले बालबालिकासम्बन्धी स्वास्थ्य समस्याको उपचारका लागि आफूहरूसँगै नर्स टोली परिचालित रहेको जानकारी दिनुभयो ।

    स्वास्थ्य मन्त्रालयका अनुसार औषधि तथा आवश्यक स्वास्थ्य सामग्री औषधि व्यवस्थापन महाशाखा र स्वास्थ्य सेवा विभागसँग लोजिस्टिक समन्वय भइरहेको छ । कीर्तिपुर क्षेत्रमा वीर अस्पतालले नेतृत्व लिएर सेवा सञ्चालन गरिरहेको छ ।

    “आज पहिलो दिन भएकाले प्रत्येक सेवामा एक चिकित्सक र एक नर्स राखिएको छ । काठमाडौँ महानगरपालिका, विभाग र मन्त्रालयका स्वास्थ्यकर्मी पनि परिचालित हुनुहुन्छ । जनशक्तिको कमी छैन,” सचिव देवकोटाले भन्नुभयो, “आजको अनुभवका आधारमा भोलिबाट थप व्यवस्थापन कसरी प्रभावकारी बनाउने भन्नेबारे काम गर्छौं ।”

    उहाँले विस्थापित नागरिकलाई बसोबास गुमाउँदा मनोसामाजिक तनाव हुन सक्ने, केहीमा पुराना रोग वा सङ्क्रमण देखिन सक्ने भएकाले प्रारम्भिक पहिचान र उपचारका लागि स्वास्थ्य शिविर महत्वपूर्ण भएको बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.