सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

स्वास्थ्यमन्त्री मेहताद्वारा सरसफाइ सप्ताह अभियानको शुभारम्भ


  •    न्युजभित्तो/२८ बैशाख २०८३, सोमबार १५:०७ 
  • काठमाडौँ, २८ वैशाख । सरकारले सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउने उद्देश्यले आजदेखि ‘राष्ट्रिय सरसफाइ सप्ताह’ सुरु गरेको छ । 

    स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताले आज बिहान वीर अस्पतालमा पुगी सप्ताहको शुभारम्भ गर्नुभयो । उहाँले आफैँले कुचोले फोहर सफाइ गर्दै अभियानको शुभारम्भ गर्नुभएको हो । मन्त्री मेहताले सफाइ अभियान मुलुकभरका सरकारी अस्पताल र सरकारी कार्यालयमा सञ्चालन गरिने बताउनुभयो ।

    उहाँले भन्नुभयो, “अस्पतालमा पहिलेको तुलनामा धेरै सुधार भएको छ, बिरामीको उपचारमा विशेष ध्यान दिएका छौँ । अस्पतालमा ‘डिजिटल’ प्रणालीमार्फत सेवा प्रवाहको व्यवस्था मिलाएका छौँ ।”

    मन्त्री मेहताले स्वास्थ्य बिमा कार्यक्रमलाई थप सहज बनाउनका लागि छलफल भइरहेको समेत उल्लेख गर्नुभयो । उहाँका अनुसार आज एकै समयमा मुलुकभरका सबै अस्पतालमा सरसफाइ अभियान सुरु गरिएको छ । 

    त्यस अवसरमा प्रतिनिधिसभा सदस्य केपी खनालले अस्पतालमा बाहिर प्लाष्टिकको फोहोर भेटिएको विषयमा सम्बन्धित निकायलाई जानकारी गराउँदै आगामी दिनमा अस्पतालले प्रशासनले सफाइमा ध्यान दिनुपर्ने बताउनुभयो । 

    कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव डा विकास देवकोटा, वीर अस्पतालका निमित्त निर्देशक प्रा डा प्रभा कोइरालालगायतको सहभागिता थियो । 

    सरकारले आजदेखि सङ्घ, प्रदेश र स्थानीय तहअन्तर्गतका सबै सरकारी कार्यालयमा सरसफाइ सप्ताह सुरु गरेको हो । अभियान आगामी जेठ १ गतेसम्म सञ्चालन गरिनेछ । अभियान सञ्चालन गर्नका लागि सरकारले सरसफाइ सप्ताह सञ्चालनसम्बन्धी मार्गनिर्देशन, २०८३ समेत जारी गरेको छ ।

    सरकारले सबै सरकारी निकाय तथा शैक्षिक संस्थामा स्वच्छ, स्वस्थ र व्यवस्थित वातावरण कायम गर्र्न, सरसफाइसम्बन्धी आचारण विकास गर्नका लागि सरसफाइ अभियान सुरु गरेको हो । रासस 

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ‘मिडियालाई सङ्कुचन गरेर लोकतन्त्र र संविधान बलियो हुन सक्दैन’
    छपनी ढुङ्गा बिछ्याएर ढलको नाला ढलान गरेपछि…
    सुशासनको साझा लक्ष्य प्राप्तिका लागि पूर्वाग्रहभन्दा माथि उठौँः अध्यक्ष दाहाल
    • मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८३ को थालनी
    • अझै चितवनका दुग्ध उत्पादक किसानले पाएनन् भुक्तानी
    • एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
    • स्वास्थ्यमन्त्री मेहताद्वारा सरसफाइ सप्ताह अभियानको शुभारम्भ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.