सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रादेशिक अस्पतालको सुविधाले घटायो सुत्केरीको हवाई उद्धार


  •    न्युजभित्तो/२५ बैशाख २०८३, शुक्रबार १२:१३ 
  • गण्डकी, २५ वैशाख । प्रादेशिक अस्पतालमा स्तरीय सेवा उपलब्ध भएपछि लाखौँको लागतमा हुने हवाई उद्धार क्रमशः घट्दै गएको छ । 

    पछिल्ला वर्षमा प्रदेशभित्रका अस्पतालको स्तरोन्नतिसँगै आधारभूत अस्पतालमा बढाइएको विशेषज्ञसहितको सेवाका कारण उक्त सङ्ख्या घट्दै गएको अनुमान गरिएको स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशका स्वास्थ्य तथ्याङ्क अधिकृत बुद्धिसागर अधिकारीले बताउनुभयो ।

    गण्डकी प्रदेश सरकारले २०७६ सालदेखि जोखिमममा परेका गर्भवती र सुत्केरीको निःशुल्क हवाई उद्धार सुरु गरेकामा यो सुविधा त्यस वर्ष १० जनाले लिएका थिए । 

    त्यसैगरी, २०७७ मा ३३, २०७८ मा आठ, २०७९ मा पाँच, २०८० मा चार, २०८१ मा एक र २०८२ यता हालसम्म छ जनाले सुविधा लिएको उहाँले जानकारी दिनुभयो ।

    जिल्लागत रुपमा २०७६ यता निःशुल्क हवाई उद्धार सेवा लिनेमा सबैभन्दा बढी बागलुङबाट ३० जनाले यो सेवा लिएका छन् भने म्याग्दीबाट १८, गोरखाबाट छ, मुस्ताङबाट पाँच, लमजुङबाट चार एवम् मनाङ र पर्वतबाट दुईरदुई जना गरी कुल ६७ जनाले सेवा लिएको उहाँले जानकारी दिनुभयो ।

    गण्डकी प्रदेश सरकारले २०७६ सालमा यो सेवा सुरु गर्नुअघि मन्त्रिपरिषद्को निर्णयअनुसार थप चार जनाले यो सुविधा लिएका अधिकारीले बताउनुभयो । 

    गण्डकी प्रदेश सरकारले जोखिमममा परेका गर्भवती र सुत्केरीको निःशुल्क हवाई उद्धारलाई व्यवस्थित एवं प्रभावकारी बनाउन २०८० मा कार्यविधि ल्याएको हो । 

    प्रदेश सरकारले गण्डकी प्रदेशका १६ वटा अस्पतालको स्तरोन्नति गर्नुका साथै आधारभूत अस्पतालमा विशेषज्ञसहितको सेवा उपलब्ध गराएपछि स्वास्थ्य सेवाका क्षेत्रमा सकारात्मक उपलब्धि हासिल भएको तथ्याङ्क अधिकृत अधिकारीले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.