सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एघार प्रकारका औषधि उत्पादन गर्दै आयुर्वेद केन्द्र


  •    न्युजभित्तो/२५ बैशाख २०८३, शुक्रबार १३:३९ 
  • चितवन, २५ वैशाख । आयुर्वेद औषधि उत्पादन केन्द्र रत्ननगरले ११ प्रकारका औषधि उत्पादन गर्दै आएको छ । केन्द्रले गत आर्थिक वर्षमा नौ प्रकारका औषधि उत्पादन गर्दै आएकामा यस वर्ष थप दुई प्रकारका औषधि उत्पादन गरेको हो ।

    औषधि व्यवस्था विभागबाट २० प्रकारका औषधि उत्पादन गर्ने अनुमति प्राप्त गरेको भए पनि अहिले ११ वटा मात्रै उत्पादन गर्दै आएको केन्द्रका प्रमुख डा सुरेश महर्जनले जानकारी दिनुभयो । 

    उहाँका अनुसार अहिले उत्पादन हुँदै आएकामा चूर्ण (धुलो) औषधि हुन् । केन्द्रले अब ट्याब्लेटमा औषधि उत्पादन गर्दैछ । पहिलो पटक नौ प्रकारका ट्याब्लेट औषधि उत्पादनका लागि अनुमति लिएर काम सुरु गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिलो पटक हामी ट्याब्लेट औषधि उत्पादन गर्ने प्रक्रियामा रहेका छौँ ।”

    केन्द्रले अहिले अश्वगन्धा चूर्ण ५० ग्राम र १०० ग्राम, अविपतिकर चूर्ण ५० ग्रम, महासुदर्शन चूर्ण ५० ग्राम, निमबादी चूर्ण ५० ग्राम, पुस्यानुग चूर्ण ५० ग्राम, त्रिफला चूर्ण ५० ग्राम, सीतोपलादी चूर्ण ५० ग्राम, आमलकी चूर्ण १०० ग्राम, बिल्वादी चूर्ण ५० ग्राम, हिङ्गबास्टक चूर्ण ५० ग्राम रहेका छन् । 

    यस्तै, खदिरादी वटी, सर्पगन्धाघन वटी, गन्धक रसायन, चन्द्रप्रभा वटी, मटाशङ्ख वटी, रजप्रवर्तिनी वटी, योगराज गुग्गुलु, महायोगराज गुग्गुलु, कैशोर गुग्गुलु ट्याब्लेट उत्पादनको तयारीमा रहेको उहाँले जानकारी दिनुभयो ।

    बागमती प्रदेश सरकारको अनुमति र सङ्घीय सरकारको मापदण्डमा रहेर औषधि उत्पादन गर्दै आएको उहाँले जानकारी दिनुभयो । अहिले केन्द्रले २३ औषधि उत्पादनलाई प्राथमिकतामा राखेर काम गर्दै आएको छ । उहाँका अनुसार केन्द्रले प्रदेश सरकारबाट ११९ औषधि उत्पादनका अनुमति पाइसकेको छ ।

    सरकारले प्राथमिकतामा राखेका २३ औषधि उत्पादन गर्ने तयारी गरिरहेको उहाँले बताउनुभयो । सरकारले अत्यावश्यकभित्र राखेका औषधि उत्पादन गरेर निःशुल्क उपलब्ध गराउने तयारी गरेको छ ।

    सरकारले जारी गरेको कुशल औषधि उत्पादन अभ्यास निर्देशिका २०८२ अनुसार औषधि उत्पादन र सिफारिस गरिएको उहाँले बताउनुभयो । बागमती प्रदेशभित्र रहेका जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा औषधि पु¥याउने गरी काम गरिएको उहाँले जानकारी दिनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    फरार भारतीय कैदी पक्राउ
    एघार प्रकारका औषधि उत्पादन गर्दै आयुर्वेद केन्द्र
    साहित्य, कला र सङ्गीतले सामाजिक एकता सुदृढ बनाउँछः राष्ट्रपति
    • विपन्न विद्यार्थीलाई पढाउन अक्षयकोष
    • खोटाङमा ‘हनी हन्टिङ’ महोत्सव
    • मुस्ताङमा नेपाली सेनाको दुईदिने ‘हाइअल्टिच्युड सर्च एन्ड रेस्क्यु’ अभ्यास सुरु
    • घाँटुनाच संरक्षणमा जुटे तनहुँका गुरुङ समुदाय

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.