सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

योगशिविरमा जुम्ला पुगेका चिकित्सकले शल्यक्रिया गरेपछि…


  •    न्युजभित्तो/२२ बैशाख २०८३, मंगलवार ११:५५ 
  • जुम्ला, २२ वैशाख । यहाँस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जटिल किसिमको टाउकोको नशाको शल्यक्रिया (न्युरो सर्जरी)गरिएको छ ।

    राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स), राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ न्युरोसर्जन निलमकुमार खड्काको नेतृत्वको चिकित्सकको टोलीले यहाँको पातारासी गाउँपालिका–३ स्थित छुमगाउँका गोरबहादुर बोहराको टाउकाको ‘न्युरोसजेरी’ सफल भएको हो

    यही वैशाख १८ गते आफ्नै घरको छतबाट लडेर टाउकोमा गम्भीर चोट लागेपछि उहाँलाई उपचारार्थ प्रतिष्ठानमा ल्याइएको थियो । प्रतिष्ठानमा चिकित्सको समस्याले गर्दा बोहोरालाई अन्य सुविधा सम्पन्न अस्पतालमा ‘रिफर’ को तयारी समेत गरिएको थियो ।

    प्रष्ठिानमा कार्यरत डा निर्मल थापाले दिनुभएको जानकारी जानकारी अनुसार डा खड्का जिल्लामै रहनुभएको सूचना पाएपछि शल्यक्रिया गरिदिन विरामीका आफन्तले आग्रह गरेका थिए ।

    योग शिविरका लागि डा खड्का यहाँस्थित गुठीचौर गाउँपालिका–५ देपालगाउँमा रहनुभएको थियो । डा खड्काले मानवीय भावनाका साथ शल्यक्रिया गर्न सहमति जनाएपछि आइतबार साँझ शल्यक्रिया गरिएको बिरामीका आफन्त गोर्खबहादुर रावतले जानकारी दिनुभयो ।

    शल्यक्रियामा डा खड्कासँगै प्रतिष्ठानमा कार्यरत डा थापा र डा रमेश काफ्लेलगायतको टोली सम्लग्न रहेका प्रतिष्ठानले जनाएको छ ।

    निःशुल्क रूपमा शल्यक्रिया हुँदा आर्थिक र समयको बचत भएको छ । डा खड्कालाई बिरामीका आफन्तले विशेष धन्यवाद दिएका छन् ।

    पछिल्ला दिन प्रतिष्ठानमा चिकित्सा विषयको स्नातह तहको पठनपाठन समेत सुरुआत भैसकेको छ । प्रतिष्ठानलाई चिकित्सा शिक्षा र उपचारको अब्बल बनाउन लागिरहेको प्रतिष्ठानका प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर भण्डारीले जानकारी दिनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुम्बासी शिविरमा स्वास्थ्य परीक्षण, आजदेखि पठनपाठन सुरु
    आज विश्व दम दिवसः नेपालमा करिब आठ प्रतिशत मानिस दमबाट प्रभावित
    मुस्ताङका पर्यटकीय पदमार्ग स्तरोन्नति गरिँदै
    • किसानलाई अनुदानमा मिनीटिलर
    • तरकारीखेतीबाटै मनग्य आम्दानी गर्दै किसान
    • मन्दिर निर्माण गर्न ‘विराट ज्ञानमहायज्ञ’मार्फत एक करोड सङ्कलन
    • अन्तुपोखरीः भैँसी चरन क्षेत्रदेखि पर्यटकीय गन्तव्यसम्म

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.