चितवन सेरोफेरो
बैशाख १३ भरतपुरमा सम्बन्धन नलिई सञ्चालन गरेका शैक्षिक परामर्श केन्द्रहरुले १५ दिनभित्र सम्बन्धन ल्याउने कबुल गरेका छन् । जिल्ला प्रशासन कार्यालय, चितवनले गरेको अनुगमनमा सम्बन्धन नै नलिई सञ्चालन गरेका शैक्षिक परामर्श केन्द्रहरुले १५ दिनभित्र सम्बन्धन नल्याएमा संस्था बन्द गर्ने कबुल...
चितवन । नारायणी नदी किनारमा गण्डकी, नारायणी महाआरती शुरु गरिएको छ । गण्डकी नारायणी संरक्षण महाआरती परिषद्ले यही वैशाख १ गतेदेखि हरेक साँझ सूर्यास्तको समयमा महाआरती शुरु गरेको हो । नारायणगढबजार नजिकै नारायणी किनारमा महाआरती शुरु गरिएको हो । परिषद्का...
दमौली । तनहुँको बन्दीपुर गाउँपालिकाले विपन्न घरधुरीको स्वास्थ्य बीमा गराएको छ । आर्थिक रूपमा असहाय परिवारलाई स्वास्थ्य बीमामा सहभागी गराउने उद्देश्यसहित गाउँपालिकाले चालू आर्थिक वर्षमा तीन सय घरपरिवारको बीमा गराएको हो । आर्थिक अभावमा स्वास्थ्य बीमामा सहभागी हुन नसक्ने घरपरिवार...
चितवन : जिल्लाका किसानहरुले लगातार अण्डाको मूल्य घटेपछि पोल्ट्रीसँग सम्बन्धित विभिन्न संघ संगठनका कार्यालयमा तालाबन्दी गरेका छन् । लागत मूल्यभन्दा पनि सस्तोमा अण्डा बिक्री गर्नु परेपछि किसानले तालाबन्दी गरेका हुन् । अण्डाको मूल्यमा आएको अस्वभाविक गिरावटको बिरोधमा तालाबन्दी गरिएको...
चितवन । संविधानले व्यवस्था गरेको मौलिक हक र अधिकारका विषयमा पत्रकारले राज्यलाई झकझक्याइ रहनुपर्नेमा आज यहाँ आयोजित एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । महिला सशक्तीकरण तथा परिवर्तनशील संस्था नेपालको आयोजना एवम् इन्सेक चितवन शाखाको समन्वयमा आयोजित ‘नयाँ कानूनमा...
चितवन । भूकम्प गएको चार वर्ष पुग्दैगर्दा चितवनमा घरविहीन भएका ३० प्रतिशतको मात्र नयाँ घर बनेको छ । २०७२ वैशाख १२ गते गएको भूकम्पबाट जिल्लाका सात हजार तीन सय ३५ घर पूर्णरूपमा क्षति भएका थिए । तीमध्ये दुई हजार...
हेटौँडा । प्रदेश नम्वर ३ मा झण्डै दुई अर्ब रुपैयाँको लगानीमा प्रशोधन सुविधासहितको आधुनिक कृषि बजार परियोजना सञ्चालनका लागि सहमति भएको छ । प्रदेश नं ३ सरकार र गैरआवासीय नेपाली सङ्घबीच उक्त सहमति भएको हो । झण्डै दुई अर्ब...
– नारायण अधिकारी चितवन : आँखाको उपचारमा सेवा सुविधा विस्तार हुँदै गएपछि यहाँका लब्धप्रतिष्ठित एवं धनाढ्य पनि उपचारका लागि बाहिर जान छाडेका छन् । नेपाल नेत्रज्योति सङ्घले यहाँ सञ्चालन गरेको भरतपुर आँखा अस्पतालमा आँखाका सबै खालका उपचार हुन थालेपछि बाहिर...
चितवन, आन्तरिक राजश्व कार्यालय भरतपुरमा सङ्कलन हुने राजश्वको अधिकांश हिस्सा मदिराले धान्ने गरेको छ । चितवन र नवलपुर जिल्ला हेर्ने यस कार्यालयमा सङ्कलन हुने राजश्वको ८७ प्रतिशत हाराहारी वियर र मदिराको हुने गरेको छ । कार्यालयका अनुसार चालू आर्थिक वर्षको चैत...
चितवन । पत्रकार सन्दिप भट्टले निर्देशन गरेको म्यूजिक भिडियो ‘तिम्रो मेरो कथा’ सार्वजनिक भएको छ । विगत आठ वर्षदेखि विभिन्न सञ्चार माध्यममा आवद्ध रहेका भट्टले पछिल्लो पटक निर्देशनमा हात हालेका हुन् । चितवनका विभिन्न रमणीय स्थानहरुमा छायाङ्कन गरिएको म्यूजिक...













