सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते


  •    /५ भाद्र २०७६, बिहीबार १०:०९ 
  • चितवन । ट्रकको ठक्करबाट घाइते एक जनाको मृत्यु भएको छ भने गम्भीर घाइते अर्का एकको उपचार भइरहेको छ ।

    मृत्यु हुनेमा चितवनको इच्छाकामना गाउँपालिका–४ का २५ वर्षीय राजकुमार प्रजा रहेको छ । नारायणढबाट काठमाडौँतर्फ जाँदै गरेको ना७ख ५ नंको ट्रकले विपरीत दिशाबाट आइरहेको प्रदेश नं ३–००–२०० नंको मोटरसाइकललाई इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारमा गए राति ठक्कर दिँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    ट्रकको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल पछाडि बसेका प्रजाको भरतपुरको पुरानो मेडिकल कलेजमा उपचार हुन नसकेपछि काठमाडौँ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

    घाइते मोटरसाइकल चालक इच्छाकामना–४ कै २१ वर्षीय लोकेन्द्र प्रजाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । ठक्कर दिने ट्रक र ट्रकका चालकलाई इलाका प्रहरी कार्यालय मुग्लिनले नियन्त्रणमा लिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रवि र छविको निवेदन उच्च अदालतको ‘हेर्दाहेर्दै’मा, आइतबारलाई अर्को पेसी
    वीरगञ्ज भन्सारद्वारा १० महिनामा एक खर्ब ४० अर्ब राजस्व सङ्कलन
    गर्मीले चिनिने चितवनमा इच्छाकामनाका शितल पर्यटकीय गन्तव्यहरु 
    • मुस्ताङमा सार्वजनिक जग्गामा स्याउखेती
    • भरतपुर वडा नम्बर २४ बालमैत्री वडा घोषणा
    • सामुदायिक विद्यालय चन्दाबाट पूर्ण आवासीय
    • श्रीमान्-श्रीमतीले गरे कामदारको हत्या

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.