चितवन सेरोफेरो

चितवन आँखा अस्पतालको नयाँ शाखा शुरु

चितवन । भरतपुरको अस्पताल रोडमा सञ्चालित चितवन आँखा अस्पतालले भरतपुर बाईपास रोडमा आफ्नो नयाँ शाखा सञ्चालन गरेको छ । चितवन आँखा अस्पतालले भरतपुर आँखा अस्पतालको नजिकै नयाँ शाखा शुरु गरेको हो । अस्पतालका अध्यक्षसमेत रहेका बरिष्ठ नेत्ररोग विशेषज्ञ प्रा.डा. ऋषिकान्त...

रंगशालामा डोजर प्रकरण : सर्वत्र निन्दा

चितवन । क्रिकेट रंगशालामा डोजर लगाइएको घटनाप्रति चितवनका राजनीतिक दल, जनप्रतिनिधि लगायत सम्बद्ध संघ संस्थाले भत्र्सना गरेका छन् । उक्त घटनामा संलग्न दोषीलाई कारवाही गर्न सबैले माग गरेका छन् । भरतपुर महानगरपालिकाले उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ...

क्रिकेट रङ्गशालाको बार भत्काउने कँडेल र बस्ताकोटीलाई नेकपाको कारवाही, पार्टीबाटै निलम्बन

चितवन । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको बारमा डोजर लगाई भत्काउने कार्यमा संलग्न भएको ठहर गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा), चितवनले दुई कार्यकर्तालाई सदस्यबाट निलम्बन गरेको छ । नेकपाले भरतपुर–१६ निवासी प्रकाश कँडेल घटनाका मुख्य नाइके रहेका पनि उल्लेख गरेको...

रङ्गशालाको बार भत्काएको आरोपमा पक्राउ पर्ने प्रकाश कँडेल को हुन् ?

चितवन । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको पश्चिमतर्फ लगाइएको जस्ताको बार भत्काएको आरोपमा प्रहरीले नेकपाका स्थानीय नेताहरु प्रकाश कँडेल र भैरब बस्ताकोटीलगायत १७ जनालाई पक्राउ गरेको छ । कँडेल तत्कालीन माओवादी केन्द्रका १६ नम्वर इन्चार्ज थिए भने बस्ताकोटी तत्कालीन माओवादी केन्द्रकै...

डोजर हानेर क्रिकेट रङ्गशाला भत्काउने यत्रो आँट ?

चितवन । भरतपुर महानगरपालिका वडा नम्वर १५, रामपुरमा निर्माण गर्न लागिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला आम चितवनवासीको मात्रै नभई राष्ट्रकै गौरवको योजना हो । यही गौरबको योजनामाथि बुधबार एउटा अराजक भीडले हठात् आक्रमण गरेर चितवनवासीको शीर निहुर्याउने दुष्कर्म गरेका...

गणतन्त्र दिवसको अवसरमा चितवनमा प्रभातफेरी कार्यक्रम सम्पन्न

चितवन । गणतन्त्र दिवसको अवसरमा आज चितवनमा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ । गणतन्त्र दिवस मूल समारोह समिति, चितवनले आयोजना गरेको प्रभातफेरीमा जनप्रतिनिधि, राजनीतिक दलका नेता, कर्मचारी, विभिन्न पेशा व्यवसायी, समाजसेवीलगायत सर्वसाधारणको सहभागिता थियो । भरतपुरको चौबीसकोठीबाट गेष्टहाउस चौरसम्म प्रभातफेरी...

रगत होइन, पसिना बगाऊँ : मुख्यमन्त्री पौडेल

हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले देशलाई अविकास, पछौटेपन र गरीबीको दुष्चक्रबाट उन्मुक्त बनाउँदै स्वाधीन, समुन्नत र समृद्ध देशको रूपमा स्थापित गर्न अबको पुस्ताले श्रम र पसिना बगाउनुपर्ने बताउनुभएको छ । गणतन्त्र दिवसको उपलक्ष्यमा हेटौँडामा आज...

सौराहामा गैँडाको झझल्को दिने एवम् एक हजार मानिस अटाउने सभाहल निर्माण गरिँदै

चितवन । पर्यटकीय नगरी सौराहामा गैँडाको झझल्को दिने गरी सौराहा सभाहल निर्माण गरिने भएको छ । रत्ननगर नगरपालिका–७ सिस्वारचौरमा रु ५५ करोडको लागतमा सुविधासम्पन्न सभाहल निर्माण गर्न लागिएको हो । सघन शहरी तथा भवन निर्माण आयोजना भरतपुरका इञ्जिनीयर सृष्टि भुसालका...

पत्रकार कृष्ण सेन ‘इच्छुक’को स्मृतिमा भरतपुरमा दीप प्रज्वलन

चितवन । पत्रकार एवम् प्रगतिशिल साहित्यकार सहिद कृष्ण सेन ‘इच्छुक’ को १७औँ स्मृति दिवसको अवसरमा प्रेस सङ्गठन, चितवनको आयोजनामा आज साँझ भरतपुरमा दीप प्रज्वलन गरी उहाँप्रति श्रद्धासुमन अर्पण गरिएको छ । दीप प्रज्वलन कार्यक्रममा पत्रकार, राजनीतिक दलका नेता, कार्यकर्ता,...

बन्दले जनजीवन प्रभावित, गुडिरहेको ट्रकमा पेट्रोल बम हान्दा चालक घाइते, सेनाद्वारा बम निष्क्रिय

चितवन । नेकपा विप्लब समूहले आज आव्हान गरेको नेपाल बन्दका कारण देशभरको जनजीवन प्रभावित भएको छ । राजधानीलगायत मुख्य शहरहरुका बजार बन्द छन् भने मुख्य राजमार्गमा गाडी गुडेका छैनन् । मोटरसाईकल, अटो रिक्सा जस्ता साना सवारीका साधन मात्र थोरै...