सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

साउनमा मात्रै एक सय छ जनामा डेङ्गुको सङ्क्रमण


  •    /५ भाद्र २०७६, बिहीबार १३:१० 
  • चितवन । साउन महीनामा मात्रै चितवन जिल्लामा एक सय छ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार चार सय ५३ जनामा गरिएको परीक्षणमा एक सय छ जनामा डेङ्गुको सङ्क्रमण भेटिएको हो ।

    कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार परीक्षणमा भेटिएका डेङ्गुका सङ्क्रमितमध्ये ७८ जना चितवनका हुन् । तीमध्ये ६९ जना भरतपुर महानगरपालिकाका छन् । भरतपुर महानगरपालिका वडा नं १, २ र ३ मा बढी सङ्ख्यामा डेङ्गुको जोखिम देखिएको केसीले जानकारी दिनुभयो । महानगरको कमलनगर, पुलचोक क्षेत्र बढी प्रभावित रहेको उहाँले जानकारी दिनुभयो ।

    सङ्क्रमण बढेसँगै डेङ्गुको प्रकोप फैलन सक्ने देखिएपछि कार्यालयले सबैलाई सतर्क रहनसमेत आग्रह गरेको छ
    । महानगरका १, २, ३, ४ र १० नं वडा डेङ्गुको उच्च जोखिममा रहेको किट नियन्त्रक केसीले बताउनुभयो । यी वडामा कबाडी पसल, ग्यारेज तथा वर्कशप र होटल धेरै छन् । ती स्थानमा बढी डेङ्गुको जोखिम देखिएको कार्यालयका प्रमुख दीपक तिवारीले जानकारी दिनुभयो ।

    आर्थिक वर्ष २०७५÷७६ मा एक हजार ९५१ जनाको रक्त परीक्षण गरिएकामा ३१ जनामा सो रोग देखिएको थियो । डेङ्गु रोग एडिस एजेप्टाइ नामको पोथी लामखुट्टेको टोकाइबाट लाग्दछ । यो लामखुट्टेको टोकाइबाट बच्नसकेमा डेङ्गुको सङ्क्रमणबाट बच्न सकिने हुँदा सतर्क रहन केसीले सुझाव दिनुभयो ।

    भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा भोजराज अधिकारीका अनुसार डेङ्गुको सङ्क्रमण देखिएका बिरामीमा टाउको दुख्ने, कम्मर दुख्ने, रक्तचाप परिवर्तन भइरहने, झाडाबान्ता हुने लगायतका सङ्केत देखिएका छन् । अघिल्ला वर्षमा तीन दिनमा मात्रै सङ्क्रमण देखिने गरेको भए पनि अहिले शुरुकै दिनमा सङ्क्रमण देखिने गरेको उहाँले बताउनुभयो ।

    भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार अस्पतालमा उपचार गराउन आउने बिरामीमध्ये ५० प्रतिशत भाइरल ज्वरोका बिरामी हुने गरेका छन् । अस्पतालमा बिरामीको चाप बढेसँगै उच्च सतर्कता अपनाइएको उहाँले बताउनुभयो । साधारणतया भदौदेखि कात्तिकसम्म डेङ्गुको सङ्क्रमण जोखिम उच्च रहन्छ । तर साउन महीनामा नै धेरै सङ्ख्यामा बिरामी देखिएको हो । जिल्लामा सन् २०१०, २०१३ र २०१६ मा डेङ्गु महामारीकैरुपमा फैलिएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    लागुऔषधसहित विभिन्न स्थानबाट २४ जना पक्राउ
    सभापति चयन गर्न बाह्र वटा समितिका बैठक हुँदै
    आलेख:‘कसैसँग छैन आशा, गर्छन् सडकमै सङ्घर्ष’
    • घुम्तीगोठमा बाख्रा पालेर स्वरोजगार र आत्मनिर्भर
    • मातातीर्थमा मातृभक्तको भीड
    • मातातीर्थ औँसीमा प्रधानमन्त्री शाहद्वारा आमाहरूप्रति सम्मान व्यक्त
    • मन्त्री डा तिमिल्सिनाद्वारा सुरक्षण मुद्रण केन्द्रको निरीक्षण, राजस्व तिरेको २४ घण्टाभित्र छाप्न सुरु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.