सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनको फिस्लिङमा ट्रक र ट्याक्सी जुध्दा एकको मृत्यु, चार घाइते


  •    /६ भाद्र २०७६, शुक्रबार २१:५७ 
  • चितवन । पृथ्वी राजमार्गको इच्छाकामना गाउँपालिका–३ फिस्लिङमा ट्रक र ट्याक्सी एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने एकै परिवारका चार जना घाइते भएका छन् । मृत्यु हुनेमा काभ्रेको बनेपा नगरपालिका–१० वस्ने ६४ वर्षीया राधिकादेवी बराल रहेको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको ट्रकले काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको ट्याक्सीलाई ठक्कर दिएको थियो । एच आर ५८ ए ८१०२ नम्बरको ट्रकले बा२ज २५४ नम्बरको ट्याक्सीलाई आज दिउँसो ठक्कर दिएको थियो । बरालको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा साँझ मृत्यु भएको हो ।

    घाइते हुनेमा सोही स्थानका ३९ वर्षीय नारायण बराल, ६४ वर्षीया सीतादेवी अधिकारी, ३९ वर्षीया चन्द्रकला अधिकारी र ७२ वर्षीय बाबुराम अधिकारी रहेको प्रहरीले जनाएको छ । तीमध्ये सीतादेवीको अवस्था गम्भीर रहेको छ । दुवै सवारी साधन र ट्रकका चालक नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दियालो बङ्गलाबाट २४ लाख राजश्व सङ्कलन
    चितवनबाट बाघ पर्सा पठाइयो
    मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
    • स्काउट विद्यार्थीलाई नेतृत्व विकास तालिम
    • विद्यालयका सवारीसाधनमा गति नियन्त्रण उपकरण जडान गरिँदै
    • ‘व्यावसायिक गतिविधि बढाउन र अर्थतन्त्रलाई चलायमान निजी क्षेत्रलाई प्रोत्साहन आवश्यक’
    • न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.