सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कानुनी सर्वोच्चतालाई सम्मान गर्दै संयमित रहन पत्रकार र मानवअधिकारवादी संस्थाहरुको अपील


  •    /१ भाद्र २०७६, आईतवार १९:२८ 
  • चितवन । चितवनका पत्रकार र मानवअधिकारवादी संगठनले पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणका सम्बन्धमा उक्त घटना न्यायिक प्रकृयामा रहेकाले घटनाको समर्थन या विरोधमा लाग्नुभन्दा कानुनी सर्वोच्चतालाई सम्मान गर्दै संयमित रहन सबै पक्षलाई आग्रह गरेका छन् ।

    उनीहरुले आज संयुक्त प्रेस विज्ञप्ति जारी गरी पत्रकार पुडासैनीको गत साउन २० गते नारायणगढको कङ्गारु होटलमा भएको मृत्यु प्रकरण र त्यसपछि उत्पन्न परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् । विज्ञप्तिमा अनुसन्धानमा कुनै पनि किसिमको दबाब नदिई स्वतन्त्र र निष्पक्ष अनुसन्धानमा सहयोग पु¥याउन आम नागरिकलगायत सबै सम्बन्धित पक्षहरुसँग अपील गरिएको छ ।

    संयुक्त विज्ञप्तिमा भनिएको छ– ‘उक्त घटनाको स्वच्छ, निष्पक्ष र स्वतन्त्र ढङ्गले अनुसन्धान गरी सत्यतथ्य पत्ता लगाई कानुनको परिपालना गर्न सरकारसँग हामी जोडदार माग गर्दछौँ ।’

    संयुक्त विज्ञप्ति जारी गर्नेहरुमा नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडा, मानवअधिकार सञ्जाल चितवनका संयोजक राजेन्द्र पौडेल, मानवअधिकार संरक्षण मञ्चका केन्द्रीय सदस्य महेश न्यौपाने, राष्ट्रिय मानवअधिकार सरोकार केन्द्रका जिल्ला अध्यक्ष विश्वनाथ ओझा, इन्सेक चितवनका प्रतिनिधि दिपेन्द्र अधिकारी, मानवअधिकार तथा सामाजिक रुपान्तरण अभियानका सहसचिव शान्ता अधिकारी, नेपाल मानवअधिकार संगठन चितवनका उपाध्यक्ष हरि अधिकारी र अधिवक्ता एवम् मानवअधिकारकर्मी बामदेव अधिकारी रहेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेप्से परिसूचक ७९ दशमलव ७४ अङ्कले बढ्यो
    स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले सहजीकरण गर्छ: प्रधानमन्त्री शाह
    धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर
    • एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
    • कोशी नदी जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन
    • लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरणको प्रभावकारी कार्यान्वयनमा जोड
    • साउन लागेसँगै हरियो चुरापोतेको व्यापार बढ्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.