सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पत्रकार पुडासैनीको मृत्यु प्रकरण : चितवनमा प्रदर्शन र तोडफोडलाई निरुत्साहित गर्ने सर्वदलीय, सर्वपक्षिय बैठकको निर्णय


  •    /१ भाद्र २०७६, आईतवार २०:४७ 
  • चितवन । चितवनमा सर्वदलीय, सर्वपक्षिय बैठकले जनताको दैनिक जीवनमा असर पुग्ने गरी एवम् शान्ति सुरक्षा र स्वच्छ, निष्पक्ष न्याय सम्पादनमा खलल पार्ने गरी हुने प्रदर्शन, तोडफोडलगायतका कार्यलाई निरुत्साहित गर्ने निर्णय गरेको छ ।

    पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणपछि जिल्लामा उत्पन्न परिस्थितिका सम्बन्धमा आज बसेको सर्वदलीय, सर्वपक्षिय बैठकले ‘अदालतबाट म्याद लिई न्यायिक हिरासतमा रहेका व्यक्तिका सन्दर्भमा स्वच्छ र निष्पक्ष छानवीन गरी न्याय निरुपण कार्यमा सहयोग पुर्याउन र शान्ति सुरक्षा कायम गर्ने जस्ता संवेदनशील विषयमा सहयोग गर्न आम जनसमुदायमा सबै राजनैतिक दल, नागरिक समाज, पत्रकारलगायत सबै क्षेत्रमार्फत अपील गर्ने’ निर्णयसमेत गरेको छ ।

    पत्रकार पुडासैनीको मृत्यु सम्बन्धमा अनुसन्धानका लागि चितवन जिल्ला अदालतबाट म्याद लिई न्यायिक हिरासतमा रहेका सञ्चारकर्मीद्वय रवि लामिछाने, युवराज कँडेल र अस्मिता भनिने रुकु कार्कीको सम्बन्धमा स्वच्छ, निष्पक्ष न्याय सम्पादनका लागि पक्ष, विपक्ष नभई शान्ति कायम गर्न प्रहरी प्रशासनलाई सहयोग पुर्याउन पनि उक्त बैठकले आम जनसमुदायमा अपील गरेको छ ।

    निमित्त प्रमुख जिल्ला अधिकारी जनकराज पन्तको संयोजकत्वमा बसेको सर्वदलीय, सर्वपक्षिय बैठकमा प्रदेश सभा सदस्य घनश्याम दाहाल, नेकपा चितवनका अध्यक्ष यमबहादुर परियार, नेपाली काँग्रेस चितवनका सचिव उत्तम जोशी, समाजवादी पार्टीका विष्णुहरि तिमल्सिना र प्रेम भुजेल, जनता पार्टीका प्रेमकुमार श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका अमरबहादुर क्षेत्री, नेकपाका तेजेन्द्रबहादुर खड्का, नेपाली काँग्रेसका डा. इश्वरीराज लौडारी, नेकपा माले चितवनका सचिव पर्शुराम लामिछाने, राप्रपाका प्रेम गैरे लगायतको उपस्थिति थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बुढाथोक घरबासः परम्परागत घरमा स्थानीय परिकार
    नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट
    मुस्ताङका किसानलाई मौरीसहितका घार वितरण
    • राष्ट्र बैंकद्वारा घरजग्गा कारोबारको प्रवृत्तिसम्बन्धी तथ्याङ्क सार्वजनिक
    • अध्यक्ष ओलीको पत्थरीको शल्यक्रिया
    • अधिकाशं सेवालाई निःशुल्क गरिएपछि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल आर्थिक समस्यामा
    • कोरलानाकामा जिप दुर्घटनामा चालक घाइते

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.