सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विजय एफएम १६ औँ वर्षमा प्रवेश


  •    /५ भाद्र २०७६, बिहीबार १९:२० 
  • गैंडाकोट (नवलपरासी) । विजय एफएम १०१.६ मेगाहर्ज आजदेखि १६ औं वर्षमा प्रवेश गरेको छ । विजय विकास स्रोत केन्द्रको सभाहलमा आयोजना गरेको १६ औं वार्षिकोत्सव मूल समारोह कार्यक्रममा नवलपरासी (वर्दघाट सुस्ता पूर्व) क्षेत्र नम्बर १ (क) बाट निर्वाचित गण्डकी प्रदेश सभा सदस्य एवम् नेपाली काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले मुलुकमा सुशासन स्थापना गर्न एफएम रेडियोहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।

    कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य नेपालीले विजय एफएमले नमूना सञ्चारग्राम अभियान मार्फत गरेको कामको प्रशंसा गर्दै जनप्रतिनिधिलाई उत्तरदायी बनाउने खालका कार्यक्रम ल्याउन सुझाव दिनुभयो ।

    कार्यक्रमका विशिष्ट अतिथि गैंडाकोट नगरपालिकाका उपप्रमुख विष्णुकुमारी कँडेलले विजय एफएमले सत्य तथ्य सूचना र समाचारसँगै सुशासनका लागि क्रियाशिल रहेको भन्दै प्रशंसा गर्नुभयो । गैंडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यले एफएमले आम नागरिकको सुसूचित हुन पाउने अधिकारलाई सम्मान गरेको बताउँदै नगरका समस्या समाधान र सम्भावनको खोजीका लागि पनि मार्गनिर्देश गर्न सुझाव दिनुभयो ।

    नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष होमराज रानाभाटले विजय एफएमले गाउँ गाउँमा पुगेर आवाजविहीनहरुको आवाजको रुपमा काम गरेको बताउँदै यस क्षेत्रको उत्कृष्ट रेडियोका रुपमा पहिचान बनाउन सफल रहेको बताउनुभयो ।

    एफएमको प्रवर्धकीय संस्था विजय विकास स्रोत केन्द्रका अध्यक्ष हरिलाल सापकोटाले नागरिकलाई सुसूचित गराउन स्थापना गरिएको संस्थाले समाजमा उदाहरणीय कार्य प्रस्तुत गर्दै गएको बताउनुभयो । विजय एफएम १०१.६ को सञ्चालक संस्था विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लि. का निवर्तमान अध्यक्ष एवम् वर्तमान सञ्चालक ईन्द्रराज ज्योती पौडेल, विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लि.का सल्लाहकार समिति सदस्य तिलकप्रसाद सापकोटा र अर्का सल्लाहकार कृष्णप्रसाद घिमिरेले समाजमा सकारात्मक प्रभाव पार्ने किसिमका कार्यक्रम ल्याउन सुझाव दिनुभयो ।

    विजय एफएमले १५ औं वार्षिकोत्सवका अवसरमा गतसाल गैंडाकोट ३ लाई २०७५ साल भाद्र ५ गतेदेखी २०७६ भाद्र ५ गतेसम्म नमूना ग्राम सञ्चार अभियान घोषणा गरि अभियानको थालनी गरेको थियो । कार्यक्रममा सो अभियानका क्रममा भएका गतिविधी समेटी तयार पारिएको वृत्तचित्र प्रदर्शन गरिएको थियो ।

    सो अवसरमा नमूना सञ्चार ग्राम अभियानलाई सफल गराउन गरेको योगदानको कदर गर्दै सहायक स्टेशन म्यानेजर एवम् समाचार सम्पादक प्रेम क्षेत्री, जनसम्पर्क अधिकारी तिलक सुवेदी, सम्वाददाताद्वय पवित्रा पराजुली, माया कँडेल र गैंडाकोट ३ का सामाजिक परिचालक ईन्द्रज्योती पोखरेललाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो । गैंडाकोट ३ का वडाअध्यक्ष शिवकान्त तिवारीलाई कृतज्ञतापत्र हस्तान्तरण गरिएको थियो । वार्षिकोत्सवका अवसरमा आयोजना गरिएको वक्तृत्वकला प्रतियोगिताका उत्कृष्ट ५ बाट सर्वोत्कृष्ट बन्न सफल विजय सामुदायिक शिक्षा सदनकी सहारा सापकोटालाई ट्रफि र प्रमाणपत्र प्रदान गरिएको थियो ।

    कार्यक्रम विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लि. का अध्यक्ष गोपीनाथ खरेलको अध्यक्षतामा सम्पन्न भएको थियो । विजय एफ एम १०१.६ ले नमूना ग्राम सञ्चार अभियानसँगै विकास र सुशासन, अर्थ तथा वित्तिय कार्यक्रम, शिक्षा तथा स्वास्थ्यका कार्यक्रम, वातावरण तथा कृषि, धर्मसंस्कृति तथा भाषाभाषिका कार्यक्रम र मनोरञ्जनात्मक कार्यक्रमहरुलाई प्रमुख प्राथमिकताका साथ प्रसारण गर्दै आएको एफएमका स्टेशन म्यानेजर श्रीधर उपाध्यायले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    वीरगञ्ज भन्सारद्वारा १० महिनामा एक खर्ब ४० अर्ब राजस्व सङ्कलन
    गर्मीले चिनिने चितवनमा इच्छाकामनाका शितल पर्यटकीय गन्तव्यहरु 
    मुस्ताङमा सार्वजनिक जग्गामा स्याउखेती
    • भरतपुर वडा नम्बर २४ बालमैत्री वडा घोषणा
    • सामुदायिक विद्यालय चन्दाबाट पूर्ण आवासीय
    • श्रीमान्-श्रीमतीले गरे कामदारको हत्या
    • राष्ट्रपतिद्वारा हज यात्रीलाई शुभकामना

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.