चितवन सेरोफेरो

चितवन प्रहरीद्वारा विप्लवका छोरा प्रकाश पक्राउ

चितवन । चितवन मेडिकल कलेजमा सेवा अवरुद्ध गराउन खोजेको भन्दै त्यहाँ अध्ययनरत नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा प्रकाश चन्दसहित १५ विद्यार्थीलाई प्रहरीले आज पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार अस्पतालको सेवा अवरुद्ध गराउँदै...

राजनैतिक परिवर्तनमा कुलप्रसादको भूमिका महत्वपूर्ण : अध्यक्ष प्रचण्ड

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनैतिक परिवर्तनका लागि स्व कुलप्रसाद दाहालको अतुलनीय भूमिका रहेको बताउनु भएको छ । आफ्ना ठूला बुबासमेत रहनुभएका दाहालको देवघाटमा आज अन्तिम श्रद्धाञ्जलीपछि पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष दाहालले ठूला बुबाले...

भरतपुरको फोहर स्थानीय वासिन्दाले नारायणी किनारमा फाल्न रोके

   कृष्ण आचार्य चितवन । भरतपुर महानगरपालिकाको फोहर नारायणी किनारमा फाल्न स्थानीयवासीले रोक लगाएका छन् । महानगरपालिकाले जनताको माग सम्बोधन नगरेको भन्दै वडा नं–३ का स्थानीयवासीले फोहर फाल्न रोक लगाएका हुन् । स्थानीयवासीले ल्याण्डफिल साइट पीडित सङ्घर्ष समितिसमेत बनाएका छन् ।...

भरतपुरमा खुल्यो मुनस्टार होटल, जापानको अनुभव सहित सात करोडको लगानी

भरतपुर । भरतपुरको हाकिमचोकस्थित बोस्टन रोडमा होटल मुन स्टार सञ्चालनमा आएको छ । जापानमा लामो समय होटल तथा रेष्टुरेण्ट सञ्चालन गर्दै आउनु भएका रामप्रसाद गैरेले यहाँ होटल सञ्चालन गर्नुभएको हो । भरतपुर महानगरपालिका वडा नं. ९ स्थित बोस्टन रोडमा सञ्चालनमा...

नवलपरासीमा पनि सञ्चालन गरियो डेङ्गु नियन्त्रण अभियान

परासी । पछिल्लो समय देशका ५६ जिल्लामा फैलिएको डेङ्गुको सङ्क्रमण पश्चिम नवलपरासीमा पनि देखिएको छ । हालैमात्र जिल्लामा डेङ्गुका तीन बिरामी फेला परेका छन् ।जिल्लाको बर्दघाट नगरपालिकामा दुई र रामग्राम नगरपालिकाको परासीमा एक डेङ्गु प्रभावित फेला परेका हुन् ।...

ज्वरोका बिरामी अत्याधिक भएपछि भरतपुर अस्पतालमा छुट्टै क्लिनिक

चितवन । भरतपुर अस्पतालमा ज्वरोका बिरामीको सङ्ख्या बढेपछि मंगलबारबाट ज्वरो क्लिनिक शुरु गरिएको छ । तीनवटा क्लिनिकबाट ज्वरोका बिरामीको परीक्षण थालिएको हो । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार ज्वरोका बिरामीको सङ्ख्या अत्याधिक बढेपछि नियमित बहिरङ्ग सेवाले धान्न कठिन भएकाले...

चितवनमा संविधान दिवस भव्य रुपमा मनाइने

चितवन । विभिन्न सङ्घसंस्था र कार्यालयहरुलाई कामको बाँडफाँट गरी जिल्लामा संविधान दिवस विशेष रुपमा मनाइने भएको छ । विगत वर्षको भन्दा उच्च प्राथमिकतामा राखेर संविधान दिवस मनाउन लागिएको हो । संविधान दिवस २०७६ भव्यरुपमा मनाउन गठित जिल्लास्तरीय मूल समारोह समिति...

भरतपुर अस्पतालमा ज्वरोका बिरामी थामिनसक्नु

चितवन । यहाँको भरतपुर अस्पतालमा आइतबार हालसम्मकै बढी बिरामीले बहिरङ्ग सेवामा टिकट काटेका छन् । उक्त दिन एक हजार ९२२ बिरामी अस्पताल आएकामा ९०० भन्दा बढी मेडिकल विभागका रहेका थिए । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार मेडिकल विभागका लागि...

पूर्वी चितवनमा बलेरो जीपको ठक्करबाट बालकको ज्यान गयो

चितवन । बलेरो जीपको ठक्करबाट पूर्वी चितवनमा एक बालकको मृत्यु भएको छ । सिद्धिबाट रत्ननगरको टाँडीतर्फ आउँदै गरेको ना ४ च २५५८ नं को बलेरोको ठक्करबाट चार वर्षीय बालक हमिद मियाँको मृत्यु भएको हो । आज साँझ शक्तिखोर बजारमा बलेरो...

छोनाम न्वागी मनाइँदै, एक स्थानीय तहमा सार्वजनिक बिदा

हेटौँडा । लोपोन्मुख जाति समुदायको रूपमा रहेको चेपाङ समुदायको महान् चाड छोनाम न्वागी आज चेपाङ जातिको उद्गमस्थल मकवानपुरलगायत क्षेत्रका चेपाङ समुदायले मनाउँदैछन् । मकवानपुर, चितवन, गोर्खा र धादिङको पहाडी क्षेत्र चेपाङ समुदायको मुख्य बसोबास क्षेत्र हो । यस पर्वका...