सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरमा खुल्यो मुनस्टार होटल, जापानको अनुभव सहित सात करोडको लगानी


  •    /२४ भाद्र २०७६, मंगलवार १३:४९ 
  • भरतपुर । भरतपुरको हाकिमचोकस्थित बोस्टन रोडमा होटल मुन स्टार सञ्चालनमा आएको छ । जापानमा लामो समय होटल तथा रेष्टुरेण्ट सञ्चालन गर्दै आउनु भएका रामप्रसाद गैरेले यहाँ होटल सञ्चालन गर्नुभएको हो ।

    भरतपुर महानगरपालिका वडा नं. ९ स्थित बोस्टन रोडमा सञ्चालनमा आएको उक्त होटलमा १५ कोठामा २५ जनालाई आरामदायी बासको व्यवस्था रहेको छ । सुविधासम्पन्न कोठाको प्रतिरात नास्ता (ब्रेकफास्ट) सहित न्यूनतम दुई हजारदेखि तीन हजार रुपैयाँ शुल्क पर्ने उहाँले जानकारी दिनुभयो ।

    जापानमा विगत १३ वर्षदेखि रेष्टुरेण्ट सञ्चालन गर्दै आउनु भएका गैंरेले यहाँ होटलसँग रेष्टुरेण्ट पनि सञ्चालन गर्नुभएको हो । दुई कठ्ठा क्षेत्रफलमा बनेको उक्त होटलमा पर्याप्त पार्किङको व्यवस्था हुनुका साथै मिटिङ र १५० जना क्षमताको सेमिनार हलको समेत व्यवस्था रहेको छ ।

    गैरेका अनुसार होटलमा हाल २५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । जापानमा नौ वटा रेष्टुरेण्ट सञ्चालन गरेको बताउँदै उहाँले नेपालको पहिलो र आफ्नो जीवनको दशौं होटल तथा रेष्टुरेण्ट मुनस्टार भएको बताउनुभयो ।

    होटलमा फाईभस्टार होटलमा काम गरिसकेका सेफ रहेको बताउँदै उहाँले नेपाली, इण्डियन, चाईनिज, कन्टिनेश्टलका साथै जापानिज खानाका परिकार पाईने बताउनुभयो ।

    होटलसँगै रेष्टुरेण्ट एण्ड बार पनि सञ्चालन रहेको छ । जहाँ स्वादका पारखिहरुका लागि विभिन्न परिकारहरु पाईन्छन् ।

    होटलको बुधबार प्रदेश नं. ३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । औपचारिक उद्घाटन अघि नै होटलमा धमाधम बुक भईरहेको गैरेले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.