सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ज्वरोका बिरामी अत्याधिक भएपछि भरतपुर अस्पतालमा छुट्टै क्लिनिक


  •    /२४ भाद्र २०७६, मंगलवार १३:२२ 
  • चितवन । भरतपुर अस्पतालमा ज्वरोका बिरामीको सङ्ख्या बढेपछि मंगलबारबाट ज्वरो क्लिनिक शुरु गरिएको छ । तीनवटा क्लिनिकबाट ज्वरोका बिरामीको परीक्षण थालिएको हो ।

    अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार ज्वरोका बिरामीको सङ्ख्या अत्याधिक बढेपछि नियमित बहिरङ्ग सेवाले धान्न कठिन भएकाले सो क्लिनिक सञ्चालनमा ल्याइएको हो । उहाँका अनुसार एकै दिन बहिरङ्ग सेवामा नयाँ एक हजार ९२२ जनासम्म बिरामीले टिकट काटेका थिए । तीमध्ये नौ सय भन्दा बढी ज्वरोका रहेका थिए ।

    यससँगै पुराना ज्वरोका तीन सयसम्म बिरामी पुनः परीक्षणका लागि आएकाले अस्पतालले नयाँ विकल्पको खोजी गरी बिरामीलाई सेवा दिन शुरु गरेको पौडेलले जनाकारी दिनुभयो ।

    अस्पतालका मेडिकल विभाग प्रमुख डा प्रकाश खतिवडाका अनुसार क्लिनिकमा विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मी रहेका छन् । अहिले ज्वरोका बिरामीमा डेङ्गु र ईन्फुलुएन्जा देखिएको छ । क्लिनिकमा रहेका स्वास्थ्यकर्मीले डेङ्गु देखिएमा तत्काल रगतको परीक्षण र ईन्फुलुएन्जा देखिएमा थुकको परीक्षण गरी उपचार गर्न शुरु गरेको उहाँले जानकारी दिनुभयो ।

    बहिरङ्गको मेडिकल विभागमा आउने बिरामीलाई परीक्षण गर्न पाँचजना मात्र विशेषज्ञ चिकित्सक रहेका छन् । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा श्रीराम तिवारीले आज अस्पतालको योजना समितिको बैठक बसेर ज्वरोको क्लिनिक स्थापना गर्ने र मन्त्रालयसँग थप चिकित्सक माग गर्ने निर्णय गरेको जानकारी दिनुभयो । यससँगै विशेष परिस्थिति भएकाले चिकित्सक स्वास्थ्यकर्मीलाई बिदामा नबस्न आग्रह गर्ने निर्णय पनि गरिएको उहाँले जानकारी दिनुभयो ।

    अस्पतालमा आएका बिरामी फर्कन नपरोस भन्नका लागि सबै खालका व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । अस्पतालमा रहेका विशेषज्ञ चिकित्सक र सेवाका कारण धेरैको विश्वास भएकाले बिरामीले पालो कुर्नुपर्ने हुँदा धैर्यता अपनाइ सेवा लिनसमेत तिवारीको आग्रह छ ।

    जिल्लामा डेङ्गुका बिरामीको सङ्ख्या बढ्दै गएको छ । सोमबार साँझसम्म तीन हजार ९९५ जनाको रगतको नमूना परीक्षण गर्दा एक हजार ३१६ जनामा डेङ्गुको सङ्क्रमण भेटिएको स्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीले जानकारी दिनुभयो । डेङ्गुकै कारण जिल्लामा दुई जनाको मृत्यु भइसकेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाको मतदान सम्पन्न
    दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय
    • बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड
    • आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
    • महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ: सञ्चारमन्त्री तिमिल्सिना
    • आलेखः दुर्लभ चरा खोज्दै र चिनाउँदै संरक्षणकर्मी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.