पूर्वी चितवनमा बलेरो जीपको ठक्करबाट बालकको ज्यान गयो
/२२ भाद्र २०७६, आईतवार २१:५४
चितवन । बलेरो जीपको ठक्करबाट पूर्वी चितवनमा एक बालकको मृत्यु भएको छ । सिद्धिबाट रत्ननगरको टाँडीतर्फ आउँदै गरेको ना ४ च २५५८ नं को बलेरोको ठक्करबाट चार वर्षीय बालक हमिद मियाँको मृत्यु भएको हो ।
आज साँझ शक्तिखोर बजारमा बलेरो जीपले ठक्कर दिएपछि गम्भीर घाइते भएका बालक मियाँको उपचारको क्रममा भरतपुरस्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिनुभयो । बालकलाई ठक्कर दिने बलेरो जीप नियन्त्रणमा रहेको र भागेका चालकको खोजी भइरहेको प्रहरीले बताएको छ ।