सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा संविधान दिवस भव्य रुपमा मनाइने


  •    /२३ भाद्र २०७६, सोमबार १८:२२ 
  • चितवन । विभिन्न सङ्घसंस्था र कार्यालयहरुलाई कामको बाँडफाँट गरी जिल्लामा संविधान दिवस विशेष रुपमा मनाइने भएको छ । विगत वर्षको भन्दा उच्च प्राथमिकतामा राखेर संविधान दिवस मनाउन लागिएको हो ।

    संविधान दिवस २०७६ भव्यरुपमा मनाउन गठित जिल्लास्तरीय मूल समारोह समिति चितवनका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीका अनुसार दिवस मनाउन ५५१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ ।

    दिवस मनाउने क्रममा असोज २, ३ र ४ गते जिल्लास्थित सम्पूर्ण सरकारी कार्यालय र आम नागरिकका घरमा राष्ट्रिय झण्डा फहराउँदै साँझ दीपावली गर्ने निर्णय गरिएको छ । यसका लागि आमरुपमा प्रचारप्रसार र सन्देश पु¥याउने काम भइरहेको डल्लाकोटीले जानकारी दिनुभयो ।

    संविधान दिवसका दिन असोज ३ गते नारायणगढको लायन्सचोकबाट विभिन्न बाजागाजा र झाँकीसाथ प्रभातफेरि गरी नारायणीकला मन्दिरमा समापन गरिनेछ ।

    यस्तै सरकारी अस्पतालमा बिरामीलाई फलफूल वितरण, राष्ट्रिय झण्डा तयार र उडाउने बेलुनको व्यवस्था गर्न उद्योग सङ्घ र उद्योग वाणिज्य सङ्घलाई जिम्मेवारी दिइएको छ ।

    दिवसकै अवसरमा जिल्ला अदालत चितवन बार एसोसिएशनले अन्तरक्रिया कार्यक्रम गर्ने, जिल्ला खेलकूद विकास समिति र भरतपुर महानगरपालिकाले एउटा खेलको आयोजना गर्ने, नेपाल रेडक्रस सोसाइटीले रक्तदानको कार्यक्रम आयोजना गर्ने भएका छन् ।

    यसैगरी भरतपुर महानगरपालिकाको शिक्षा महाशाखा र शिक्षा विकास तथा समन्वय एकाइले अन्तर विद्यालय कविता, हाजिर जवाफ र वक्तृत्वकला गर्ने डल्लाकोटीले जानकारी दिनुभयो । २०७२ साल असोज ३ गते नेपालको संविधान २०७२ जारी भएको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ
    इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि तामाङद्वारा कार्यकक्षमै कुटपिट, दोषीलाई कडा कारवाहीको माग
    बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
    • अन्तर्वार्ता: सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ: परराष्ट्रमन्त्री खनाल
    • पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार
    • हुम्लामा सहुलियतको चामल बिक्री सुरु
    • आलेख: आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.