सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नवलपरासीमा पनि सञ्चालन गरियो डेङ्गु नियन्त्रण अभियान


  •    /२४ भाद्र २०७६, मंगलवार १३:२६ 
  • परासी । पछिल्लो समय देशका ५६ जिल्लामा फैलिएको डेङ्गुको सङ्क्रमण पश्चिम नवलपरासीमा पनि देखिएको छ । हालैमात्र जिल्लामा डेङ्गुका तीन बिरामी फेला परेका छन् ।जिल्लाको बर्दघाट नगरपालिकामा दुई र रामग्राम नगरपालिकाको परासीमा एक डेङ्गु प्रभावित फेला परेका हुन् । स्वास्थ्य कार्यालयका निरीक्षक छवि गिरीका अनुसार बर्दघाटका दुई जना उपचारपछि घर फर्किएका र परासीका अर्का एक व्यक्तिको पृथ्वीचन्द्र अस्पतालमा उपचार भइरहेको छ ।

    जिल्लामा डेङ्गुको सङ्क्रमण भेटिएलगत्तै नियन्त्रणका लागि अभियान नै सञ्चालन गर्न लागिएको छ । छिमेकी जिल्ला रुपन्देही, नवलपुर, पाल्पालगायत जिल्लामा केही समय पहिलेदेखि नै डेङ्गुका बिरामी भेटिए पनि पश्चिम नवलपरासीमा हालै मात्र यसको सङ्क्रमण भेटिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । डेङ्गु भेटिएकाले जिल्लामा जनचेतना तथा सरसफाइ अभियान सञ्चालन गर्न स्थानीय तहहरुलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले बताउनुभयो ।

    “हालसम्म जिल्लामा तीनजना मात्र पीडित भेटिएकाले यसलाई फैलिन नदिन नियन्त्रण अभियान सञ्चालन गर्न सबै सरोकार निकायलाई आग्रह गरेका छौँ”, उहाँले भन्नुभयो । स्थानीय तहका प्रमुखसहित सोमबार जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेर सबै स्थानीय तहहरुले डेङ्गु रोग फैलिन नदिन सरसफाइको विशेष कार्यक्रम सञ्चालन गरिने, लामखुट्टेको बासस्थान र लार्भा ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गर्ने निर्णय गरिएको थियो ।यसका लागि सरकारी एवं निजी स्वास्थ्य संस्था र स्वास्थ्यका क्षेत्रमा क्रियाशील रेडक्रसलगायत सङ्घसंस्थाले पनि आवश्यक सहयोग गर्ने, स्वास्थ्य कार्यालयले डेङ्गु रोगको सम्बन्धमा सचेतना कार्यक्रम सञ्चालन गर्ने, रोग नियन्त्रणका लागि कार्ययोजनासमेत तयार गरिने भएको छ ।

    यसैगरी जिल्लामा डेङ्गु पीडितको तथ्याङ्क सङ्कलन गरी दैनिकरूपमा प्रतिवेदन पेश गर्न स्वास्थ्य कार्यालयलाई निर्देशन गरिएको प्रजिअ मरासिनीले जानकारी दिनुभयो । “देशैभर डेङ्गुको त्रास फैलिएकाले जिल्ला प्रशासनले विशेष चासोका साथ नियन्त्रण अभियान सञ्चालन गर्न सक्रियता देखाएको हो”, उहाँले भन्नुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    धार्मिक पर्यटन प्रवर्द्धन र सनातन धर्मलाई युवापुस्तासँग जोड्नुपर्नेमा मन्त्री तामाङको जोड
    चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    • सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    • भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    • मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.