सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

छोनाम न्वागी मनाइँदै, एक स्थानीय तहमा सार्वजनिक बिदा


  •    /२२ भाद्र २०७६, आईतवार १५:२५ 
  • हेटौँडा । लोपोन्मुख जाति समुदायको रूपमा रहेको चेपाङ समुदायको महान् चाड छोनाम न्वागी आज चेपाङ जातिको उद्गमस्थल मकवानपुरलगायत क्षेत्रका चेपाङ समुदायले मनाउँदैछन् । मकवानपुर, चितवन, गोर्खा र धादिङको पहाडी क्षेत्र चेपाङ समुदायको मुख्य बसोबास क्षेत्र हो । यस पर्वका अवसरमा मकवानपुरको एक चेपाङ बाहुल्य स्थानीय तहमा स्थानीय सरकारले सार्वजनिक बिदासमेत दिएको छ ।

    चेपाङ जातिको उद्गम क्षेत्र मानिएको मकवानपुरको राक्सिराङ गाउँपालिकामा चेपाङको सबैभन्दा ठूलो र महान् पर्व छोनाम न्वागीको दिन गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गाउँपालिका अध्यक्ष राजकुमार मल्लले विज्ञप्ति जारी गर्दै भदौ २२ गते न्वागीको सार्वजनिक बिदा दिइएको बताउनुभयो ।

    विज्ञप्तिमार्फत उहाँले न्वागीका अवसरमा शुभकामनासमेत व्यक्त गर्नुभएको छ । न्वागीकै अवसरमा आइतबार राक्सिराङको चैनपुरमा विशेष कार्यक्रम न्वागी उत्सव गरिएको नेपाल चेपाङ सङ्घ मकवानपुरले जनाएको छ । सङ्घीयता कार्यान्वयनसँगै चेपाङ समुदायले राक्सिराङ गाउँपालिकालाई संरक्षित क्षेत्र घोषणा गरी सरकारले विशेष कार्यक्रम चलाउनुपर्ने भन्दै आवाज उठाइरहेको छ । 

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रेडपाण्डा संरक्षण गर्न चेतनामूलक कार्यक्रम
    बबईमा पुल नहुँदा सर्वसाधारणलाई सास्ती
    काठमाडौँमा वायु प्रदूषण बढ्यो: एक्युआई
    • पन्ध्र शय्याको ‘व्यास नगर अस्पताल’ भवन निर्माण
    • बिक्री हुन थाल्यो तम्घासमा फोहोर
    • प्राथमिक उपचार तालिम: विपद् व्यवस्थापनमा सहयोग
    • मिठाई बेचेर खुसी कमाएका हरिबहादुर

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.