सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरको फोहर स्थानीय वासिन्दाले नारायणी किनारमा फाल्न रोके


  •    /२४ भाद्र २०७६, मंगलवार १९:४२ 
  •    कृष्ण आचार्य

    चितवन । भरतपुर महानगरपालिकाको फोहर नारायणी किनारमा फाल्न स्थानीयवासीले रोक लगाएका छन् । महानगरपालिकाले जनताको माग सम्बोधन नगरेको भन्दै वडा नं–३ का स्थानीयवासीले फोहर फाल्न रोक लगाएका हुन् ।

    स्थानीयवासीले ल्याण्डफिल साइट पीडित सङ्घर्ष समितिसमेत बनाएका छन् । महानगरले भरतपुर महानगरपालिका–३ स्थित नगरवन क्षेत्रबाट नारायणी किनारमा फोहर फाल्दै आएको छ । नारायणीमा फोहर फाल्दा प्रदूषण बढेको भन्दै चौतर्फी विरोध हुँदै आएको छ । तर महानगरले ल्याण्डफिल साइट (फोहर विसर्जनस्थल) निर्माण नहुञ्जेलसम्मका लागि भन्दै सो क्षेत्रमा फोहर फाल्ने गरेको हो ।

    आज बिहान ५ बजेबाट नै जम्मा भएर फोहर फाल्न रोक लगाइएको ल्याण्डफिल साइट पीडित सङ्घर्ष समितिका संयोजक उत्तम श्रेष्ठले जानकारी दिनुभयो । विगत १० वर्षदेखि भरतपुर महानगरले अव्यवस्थित र अवैज्ञानिक ढङ्गले नागरिकको स्वास्थ्यमा असर पर्ने गरी फोहर फालेको तर स्थानीयवासीको सेवा सुविधामा बेवास्ता गरको उहाँले बताउनुभयो ।

    आफ्ना मागका सम्बन्धमा महानगर प्रमुख रेनु दाहाललाई ध्यानाकर्षण गराएको भए पनि बेवास्ता गरेको श्रेष्ठको भनाइ छ । माग सम्बोधन नभएसम्म कुनै पनि हालतमा फोहर फाल्न नदिने उहाँले बताउनुभयो । “यो महानगरपालिकाभरिको फोहर ल्याएर फाल्ने ठाउँ होइन”, श्रेष्ठले भन्नुभयो, “स्थानीयवासीले सडक, ढल निर्माण, खानेपानीको उचित व्यवस्था, सुरक्षालगायतका विषय महानगरपालिका समक्ष मागका रूपमा पेश गरेका छन् ।” माग लिएर महानगर जाँदा प्रमुख दाहालले हेप्ने काम गरेको श्रेष्ठले गुनासो गर्नुभयो ।

    सङ्र्घर्ष समितिका सल्लाहकार सूर्य बरालले जनताका माग सम्बोधन भए केही वर्षसम्म फोहर फाल्न दिने सोचमा रहेका स्थानीयवासीलाई महानगरको व्यवहारले आक्रोशित बनाएको बताउनुभयो । अव्यवस्थित फोहर थुपारिएकै कारणले भरतपुरमा रोगको प्रकोप फैलने गरेको उहाँले बताउनुभयो ।

    सो क्षेत्रमा हिउँदमा फालिएको फोहर बर्खामा बढेर आउने नारायणी नदीले बगाउँछ । यो क्रम बर्सेनि निरन्तर चल्दै आएको छ । महानगरपालिकाको फोहरसँगै अस्पतालजन्य फोहर पनि नदी किनारामा फाल्ने गरिएको छ । फोहर र दूषित ढल मिसिँदा नारायणी नदी प्रदूषित बन्दै गएको छ । स्थानीयवासीका अनुसार अस्पतालजन्य फोहरका रुपमा गर्भपतन गरिएका र अन्य कारणले मरेका बच्चादेखि सालनाल, काटिएका मानव अङ्ग, धारिला ब्लेड, प्याडलगायतका सामग्रीसमेत नदी किनारमा फाल्ने गरिएको छ ।

    नारायणगढको मुख्य चोक पुल्चोकबाट दुई किलोमिटर दक्षिणमा रहेको यो क्षेत्रमा महानगरले विगत १० वर्षदेखि फोहर फाल्दै आएको छ । यहाँ करीब १५० घरधुरी छन् । भरतपुर महानगरपालिका–३ का वडा अध्यक्ष चन्द्रमित्र पण्डितले स्थानीयवासीले उठाएको विषयबारे आफूलाई केही जानकारी नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीयवासीका केही माग भए पनि त्यसलाई क्रमिकरूपमा समाधान गर्दै जानुपर्छ ।” उहाँले हतारमा फोहर फाल्न अवरोध गर्न नहुने विचार राख्नुभयो । उहाँले महानगरपालिकाको अन्यत्र फोहर फाल्ने विकल्प नभएकाले पनि नारायणी दोभानमा फोहर फाल्नु परेको बताउनुभयो ।

    महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्र सुवेदीले विगतमा पनि महानगरपालिकाले सो क्षेत्रको पूर्वाधार निर्माणमा काम गरिहेको र आउँदा दिनमा पनि गर्ने बताउनुभयो । महानगरपालिकाले फोहर व्यवस्थापनको दिगो समाधानका लागि एक कोरियाली संस्थासँग सम्झौतासमेत गरेको छ । सरकारले भरतपुर महानगरपालिका–११ को आँपटारीमा ल्याण्डफिल्ड साइट बनाउने भन्दै जग्गा दिने निर्णय विसं २०६८ मा नै गरेको हो । भरतपुरमा ल्याण्डफिल साइट बनाउन महानगरले करीब १५ बिघा जमीन पाएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुत्केरीको हेलिकप्टरमार्फत उद्धार
    नागरिकको सेवामा खटिनु हाम्रो दायित्व हो: प्रहरी महानिरीक्षक कार्की
    नीति, कार्यक्रम र बजेटमा बालबालिकालाई प्राथमिकता दिइने
    • सुरक्षाकर्मीको भूमिका प्रशंसनीय: मुख्यमन्त्री पाण्डे
    • मानव–वन्यजन्तु द्वन्द्व अन्त्य गर्न ‘बाघ मित्र’अभियान
    • रेडपाण्डा संरक्षण गर्न चेतनामूलक कार्यक्रम
    • बबईमा पुल नहुँदा सर्वसाधारणलाई सास्ती

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.