चितवन सेरोफेरो

सौराहामा माघ २८ गतेदेखि फुड फेस्टिबल हुने
-न्युजभित्तो

सौराहा । पर्यटन वर्ष चलिरहँदा पर्यटकीय नगरी सौराहामा फुड फेस्टिबल हुने भएको छ । माघ २८ गतेदेखि फागुन ३ गतेदेखि फूड फेष्टिवल आयोजना गर्न लागिएको हो । रेष्टुरेण्ट एण्ड बार एशोसिएसन नेपाल (रेवान) सौराहाले सौराहाको सिसुवार मैदानमा १४औँ संस्करणको...

चितवन निकुञ्जमा एकै दिन दुई गैँडा मरे
-न्युजभित्तो

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा मङ्गलबार एकै दिन दुई गैँडा मरेका छन् । यी सँगै चालु आर्थिक वर्षमा प्राकृतिक कारणले मरेका गैँडाको सङ्ख्या १३ पुगेको छ । सोमध्ये दुई राष्ट्रिय वन क्षेत्रमा र अन्य निकुञ्ज क्षेत्रमा मरेका हुन् ।...

राप्ती नगरपालिकाद्वारा चेपाङ बाहुल्य क्षेत्रमा दुई हजार आठ सय बालबालिकालाई स्वीटर वितरण
-न्युजभित्तो

चितवन । राप्ती नगरपालिकाले पहाडी क्षेत्रमा बसोबास गर्ने २० वटा विद्यालयका २ हजार ८ सय जना बालबालिकालाई स्वीटर वितरण गरेको छ । नगरपालिकाको वडा नं. १०, ११, १२ र १३ का विद्यालयहरुमा अध्ययनरत विद्यार्थीलाई स्वीटर वितरण गरिएको हो । नगर...

आन्तरिक राजश्व कार्यालय भरतपुरका अधिकृत घुससहित पक्राउ
-न्युजभित्तो

चितवन । सेवाग्राहीसँग १० हजार रुपैयाँ घुस लिँदै गर्दा आन्तरिक राजश्व कार्यालय भरतपुरमा कार्यरत एक अधिकृत पक्राउ परेका छन् । कार्यालयका कम्युटर अधिकृत रामकुमार अधिकारीलाई १० हजार रुपैयाँ घुस सहित मङ्गलबार पक्राउ गरिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता...

वेद पुराणबाट वैज्ञानिक आविष्कार गरिए तर हामीले उपयोग गर्न सकेनौँ : साँसद पोखरेल
-न्युजभित्तो

चितवन । प्रतिनिधिसभा अन्तरगतको कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले पश्चिमाहरुले आत्मसात गर्न लागेको पूर्वीय दर्शन र सभ्यतालाई हामीले बिर्सदै गएको गुनासो गर्नुभएको छ । ‘हाम्रो वेद पुराणबाट वैज्ञानिक आविष्कारहरु भइरहेका छन् तर हामीले ती वेद पुराणको...

युवा पुस्तालाई राष्ट्रभक्तिबारे चेतना अभिवृद्धि गर्न राष्ट्रपतिको आग्रह
-न्युजभित्तो

हेटौंडा । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा युवा पुस्तालाई राष्ट्रभक्ति र लोकतान्त्रिक पद्धतिका बारेमा चेतना अभिवृद्धि गर्न सङ्घीय र प्रदेश सरकारको भूमिकाको आवश्यकता रहेको बताउनुभएको छ । राष्ट्रपति भण्डारीले मकवानपुरको हेटौंँडा उपमहानगरपालिका वडा नं ११, नवलपुरस्थित शहीद स्मारकमा नवनिर्मित प्रजातान्त्रिक...

ट्रक दुर्घटनामा तीन जनाको मृत्यु
-न्युजभित्तो

रुपन्देही । रुपन्देहीको रोहिणी गाउँपालिकामा आज तीन वटा ट्रक एकापसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने दुई गम्भीर घाइते भएका छन् । भैरहवा परासी सडकखण्डमा पर्ने रोहिणी गाउँपालिका–४ सिपागढमा भैरहवादेखि परासीतर्फ जाँदै गरेको लु १ ख ६७४५ नम्बरको...

गैँडाकोट महोत्सवको तयारी अन्तिम चरणमा
-न्युजभित्तो

नवलपुर । आगामी बुधबारदेखि गैँडाकोटको नारायणी नदी किनारमा सञ्चालन हुने तेस्रो गैँडाकोट महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । माघ २६ गतेसम्म सञ्चालन हुने महोत्सवमा स्टल निर्माण, गेट निर्माण अन्तिम चरणमा पुगेको तथा बाल उद्यान निर्माणको काम तीव्र पारिएको...

कामना सेवाले दियो टोल विकास संस्थालाई ६० थान डस्टबिन
-न्युजभित्तो

भरतपुर । कामना सेवा विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत ६० वटा डस्टबिन (प्लाष्टिक बाल्टी) वितरण गरेको छ । भरतपुर महानगरपालिका वडा नंं १२ स्थित नौरंगे टोल विकास संस्थालाई सोमबार एक कार्यक्रमकाबीच डस्टबिन प्रदान गरिएको हो । टोल विकास संस्थाका अध्यक्ष...

संसदीय विशेष समितिमा स्थायी राजधानी जनकपुरधाम राख्ने सहमति
-न्युजभित्तो

जनकपुरधाम । प्रदेश नं २ को स्थायी राजधानी जनकपुरधाम राख्ने सहमति भएको छ । सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित संसदीय विशेष समितिमा सो सहमति भएको हो । समितिको आज बसेको बैठकमा स्थायी राजधानी जनकपुरधामका साथै उत्तरमा धनुषा जिल्लाको मिथिला...