सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा सात सय २६ जनाको र्यापिड टेष्ट


  •    न्युजभित्तो/१० बैशाख २०७७, बुधबार १९:३९ 
  • चितवन । चितवन जिल्लामा विदेशबाट आएका र कोरोना सङ्क्रमितको सम्पर्कमा रहेका सात सय २६ जनाको र्यापिट डायग्नोष्टिक टेष्ट गरिएको छ । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीका अनुसार माडी नगरपालिकाका पाँचजना र राप्ती नगरपालिकाका केही व्यक्तिको अझै परीक्षण गर्न बाँकी छ ।

    कोरोना सङ्क्रमणको शुरुआतिमा प्रशासन कार्यालयबाट उपलब्ध गराइएको तथ्याङ्कअनुसार परीक्षणको काम सम्पन्न भएको भए पनि महानगरमा पछिल्लो समय विदेशबाट आएकाको तथ्याङ्क ठूलो सङ्ख्यामा रहेको जानकारी आएको उहाँले बताउनुभयो । विदेशबाट नेपाल आएकाको तथ्याङ्क महानगरपालिकामा दुई हजारभन्दा बढी रहेको पछिल्लो तथ्याङ्कले देखाएको र उनीहरुको पहिचान गर्ने काम भइरहेको तिवारीले जानकारी दिनुभयो ।

    पहिचानका लागि वडाध्यक्षहरुको नेतृत्वमा काम भइरहेको छ । महानगरको ग्रामीण क्षेत्रमा पहिचानका लागि सहज हुने भए पनि शहरी क्षेत्रमा समस्या रहेको उहाँको भनाइ छ । पहिचानसँगै उनीहरुको भरतपुर कोभिड–१९ प्रयोगशालामा पिसिआर परीक्षण गर्ने र र्यापिट टेष्ट गर्ने काम भइरहेको तिवारीले जानकारी दिनुभयो । जिल्लामा र्यापिट टेष्टका क्रममा दुईजनामा सङ्क्रमण देखिएको र उनीहरुको पिसिआर परीक्षणमा नेगेटिभ देखिएको छ । एक महिलामा शङ्कास्पद देखिएकामा उनको नतिजा पोजेटिभ आएको थियो ।

    यसैबीच यहाँ शुरु गरिएको भरतपुर कोभिड–१९ प्रयोगशालामा हालसम्म तीन सय ३० वटा स्वाब परीक्षण गरिएको छ । जसमध्ये दुईजनाको शङ्कास्पद देखिएपछि थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको र त्यहाँबाट कोरोना सङ्क्रमण पुष्टि भएको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिनुभयो । प्रयोगशाला चैत २१ गतेदेखि सञ्चालनमा आएको हो ।

    प्रयोगशाला सञ्चालनमा आउनुअघि र प्रयोगशालामा परीक्षण किट अभाव भएपछि ६३ नमूना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र प्रदेश प्रयोगशाला हेटौँडा पठाइएको उहाँले जानकारी दिनुभयो । सङ्क्रमित एकै परिवारका दुईजनालाई भरतपुर अस्पतालमा राखी उपचार गरिएको र उनीहरुको अवस्था सामान्य रहेको उहाँले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाको मतदान सम्पन्न
    दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय
    • बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड
    • आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
    • महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ: सञ्चारमन्त्री तिमिल्सिना
    • आलेखः दुर्लभ चरा खोज्दै र चिनाउँदै संरक्षणकर्मी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.