चितवन । कोभिड–१९को सन्दर्भमा गठित चितवन जिल्ला स्तरीय मानवअधिकार अवस्था अनुगमन समितिले भरतपुर अस्पतालले नागरिकको स्वास्थ्य उपचारमा हाल गरिरहेको व्यवस्थापन बारे आज जानकारी लिएको छ । समितिका अध्यक्ष कमलराज पाठक, सदस्यहरु तीर्थ नेपाल र सुरेश अधिकारीको टोलीले अस्पतालका अध्यक्ष डा। भोजराज अधिकारीसँग भेट गरेर यस विषयमा छलफल गरेको हो ।
समितिका अध्यक्ष पाठकले अत्यावश्यकीय स्वास्थ्य उपचारबाट कोहि पनि नागरिक बञ्चित हुन नपरोस् भनि अस्पतालको ध्यानाकर्षण गराउनु भएको थियो । अस्पताल विकास समितिका अध्यक्ष डा। अधिकारीले नागरिकको अत्यावश्यकीय स्वास्थ्य उपचारमा अस्पताल संवेदनशील रहेको जनाउँदै कोभिड–१९ उपचार सेवा, आकस्मिक उपचार सेवा, प्रसुति सेवा चलिरहेको जानकारी गराउनुभयो।
अस्पतालमा आउने अन्य बिरामीको सङ्ख्या घटेको तर्फ सङ्केत गर्दै अधिकारीले आकस्मिक स्वास्थ्य समस्या परेका विरामीलाई निर्धक्क भएर अस्पताल आउन अपिल पनि गर्नुभयो । कोरोना उपचारका लागि अत्यन्तै सतर्कता र उच्च सावधानी अपनाईएकोले कुनै असहजता नमान्न उहाँको आग्रह छ । भरतपुर अस्पताल र यसै अस्पतालबाट सञ्चालित कोरोना विशेष अस्पतालबाट कोभिड–१९ को उपचार सेवा चलिरहेको उहाँले जानकारी दिनुभयो ।
कोरोनाभाइरसका विरामीका लागि ७० बेडको कोरोना विशेष अस्पताल र भरतपुर अस्पतालमा ४१ बेडमा सेवा सञ्चालन रहेको उहाँले बताउनुभयो । अस्पताल विकास समितिले कोरोना भाइरसको उपचारका लागि ५० लाख रुपैयाँ सम्मको थप प्राविधिक सामग्री खरीदको तयारी गरि निर्णय गरिएको पनि उहाँले जानकारी दिनुभयो ।
सरकारले श्रेणीगत रुपमा कोभिड–१९को उपचार गर्न अस्पताल विभाजन गरेकोमा तेस्रो अर्थात अति जोखिम विरामीको उपचार गर्ने अस्पताल पनि चितवनमा तोकिदिन केन्द्रमा आग्रह गरिएको डा। अधिकारीले जानकारी दिनुभयो । ‘चितवनमा अति जोखिम विरामीको उपचार गर्ने पनि क्षमता छ तर सरकारले निर्दिष्ट गरेन, हामीले यहाँका मेडिकल कलेज मध्ये एकलाई त्यस्तो तोकिदिनु पर्यो भनेका छौँ’ उहाँले भन्नुभयो । आवश्यक परेमा जिल्लामा दुई सय ५० बेड क्षमतामा अस्पतालहरु र त्यसको एकतिहाई भेन्टिलेटर सुविधा उपयोग गर्न सकिने अवस्था रहेको पनि उहाँले जानकारी दिनुभयो ।