सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनको मानवअधिकारको अवस्थाका विषयमा प्रशासनसँग छलफल


  •    न्युजभित्तो/८ बैशाख २०७७, सोमबार १८:२१ 
  • चितवन । चितवन जिल्ला स्तरीय मानवअधिकार अवस्था अनुगमन समितिले आज जिल्लाको वस्तुअवस्थाका विषयमा स्थानीय प्रशासनसँग छलफल गरेको छ । जिल्ला प्रशासन कार्यालय, चितवन भएको छलफलमा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले कोभिड–१९ रोकथामका सन्दर्भमा हाल जिल्लामा सरकारका तर्फबाट भए गरिएका कार्यहरुबारे जानकारी गराउनु भएको थियो ।

    प्रजिअ भट्टराईले रोग फैलन नदिन उच्च सावधानी अपनाईएको, सिमामा निगरानी, चेकजाँच कडा पारिएको, सडकमा अलपत्र परेकालाई सहयोग पुर्याइएको, आवश्यकता अनुसार स्वास्थ्य परीक्षण जारी राखिएको, स्थानीय तह मार्फत राहत वितरण गरिएको जानकारी दिनुभयो । अहिलेसम्म तीन सय ५० जनाको आरडिटि र तीन सय जना भन्दा बढीको पिसिआर परीक्षण भएको उहाँले जानकारी दिनुभयो । उहाँले थप किटको केन्द्रमा माग गरिएको र छिट्टै आईपुग्ने जनाउँदै परीक्षण तिव्र रुपमा अघि बढ्ने बताउनुभयो ।

    छलफलमा समितिका अध्यक्ष कमलराज पाठक, सदस्यहरु तीर्थ नेपाल र सुरेश अधिकारी सहभागी हुनुहुन्थ्यो । समितिका तर्फबाट अध्यक्ष पाठकले राष्ट्रिय मानवअधिकार आयोगबाट प्राप्त अनुगमन कार्यविधिबारे जानकारी गराउनुभएको थियो । कोभिड–१९ का सन्दर्भमा गठित जिल्ला स्तरीय मानवअधिकार अवस्था अनुगमन समितिले सरकारका कामकारवाही, सर्वसाधारणको अवस्था, मानवअधिकारको अवस्था लगायतका विषयमा नियमित रुपमा सम्बन्धित पक्षहरुसँग छलफल र अनुगमन जारी राख्ने अध्यक्ष पाठकले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.