प्रेस युनियनको पत्रकार राहत कोषमा सफल मोटर्सको सहयोग
न्युजभित्तो/११ बैशाख २०७७, बिहीबार ०९:२०
चितवन । टाटाको आधिकारिक बिक्रेता सफल मोटर्स भरतपुरले कोरोना जोखिममा पर्ने पत्रकारलाई लक्षित गरी कोराना सुरक्षा सामग्री खरिदका लागि नगद सहयोग गरेको छ । विश्वरभर फैलिरहेको कोराना भाईरसबाट पत्रकार समेत उच्च जोखिममा रहेकोले सहयोग गरिएको कम्पनीले जनाएको हो ।
कम्पनीका प्रबन्ध निर्देशक गोपाल भट्टराइले प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाललाई १५ हजार ५सय ५५ रुपैयांँको चेक हरुतान्तरण गरेका हुन् ।
प्रबन्ध निर्देशक भट्टराईले स्वास्थ्यकर्मी , सुरक्षाकर्मी संँगै सञ्चारकर्मीहरु जोखिम मोलेर समाचार सम्प्रेषण गर्नुपर्ने भएकाले सहयोग गरिएको बताउनुभयो । “पत्रकार पनि कोराना जोखिममा उत्तिकै छन् भन्ने बुँझे , भट्टराइले भन्नुभयो, सुरक्षा सामाग्री किन्न मद्दत पुगोस् भनेर सहयोग गरेको हुँ।”
अध्यक्ष ढकालले कोरोना जोखिममा परेर फिल्ड रिपोर्टिङ गर्ने जिल्लाका पत्रकारलाई एन९५ मास्क र सेनिटाइजर वितरण गर्न लागिएको जानकारी दिनुभयो । प्रेस युनियनको मंगलबार बसेको बैठकले ३ लाख रुपैयांँ बराबरको कोरोना राहत कोष स्थापना गरेको थियो । विभिन्न दाताबाट संकलित रकमबाट लकडाउनका कारण समस्यामा परेका जिल्लाका पत्रकारलाई खाद्यान्न वितरण भईरहेको छ ।