भरतपुर कोरोना अस्पताललाई लायन्स क्लवले दियो सेनिटाईजिङ् मेसिन
न्युजभित्तो/९ बैशाख २०७७, मंगलवार १८:१६
चितवन । लायन्स क्लव अफ ईन्टरनेश्नल ३२५ वि टुको सहयोगमा भरतपुर कोरोना बिशेष (अस्थाई) अस्पतालमा स्वाचालित स्यानीटाईजिङ मेसिन जडान गरिएको छ । भरतपुर महानगरको अगुवाई र भरतपुर अस्पतालको व्यवस्थापनमा सञ्चालन भईरहेको सो अस्पतालमा बिरामी, चिकित्सक, स्वास्थ्यकर्मी सोही मेसिनबाट छिरेर आउजाउ गर्ने व्यवस्था मिलाईएको छ ।
क्लवले दुई लाख रुपैयाँको लगानीमा अस्पतालमा सेनिटाईजिङ् मेसिन जडान गरेको क्लवका भाईस डिष्ट्रिक्ट गभर्नर रामप्रसाद भट्टले जानकारी दिनुभयो । मेसिनसँगै एक हजार लिटर सेनिजोल समेत उपलव्ध गराईएको छ ।
सेनिटाईजिङ् मेसिन आजै एक कार्यक्रमका बीच अस्पताललाई हस्तान्तरण गरिएको छ । प्रदेश सभा सदस्य बिजय सुवेदी, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीको उपस्थितिमा सो मेसिन अस्पताललाई हस्तान्तरण गरिएको हो ।
मेसिन हस्तान्तरण गर्दै क्लवका भाईस डिष्ट्रिक्ट गभर्नर भट्टले सङ्कटको समयमा क्लव पनि सँगै छ भन्ने उद्धेश्यले उक्त मेसिन जडान गरिएको बताउनुभयो । मानव स्वास्थ्यका लागि अहिलेको समयमा शरीर सेनिटाईजिङ् पनि आवश्यक रहेको भन्दै उहाँले यसको प्रयोगले एक जना व्यक्ति पाँच घण्टा सम्म सुरक्षित रहन सक्ने बताउनुभयो ।
सेनिटाईजिङ् मेसिन हस्तान्तरण समारोहमा प्रदेश सभा सदस्य बिजय सुवेदीले अबको समयमा शरीर सुरक्षित राख्नका लागि पनि यो आवश्यक रहेको बताउनुभयो । उहाँले यसको प्रयोगले बिरामी, चिकित्सक दुवैले सुरक्षित महशुस गर्ने बिश्वास व्यक्त गर्नुभयो । मेसिन निर्माता कम्पनिका तर्फबाट मार्सल रोक्काले एक लिटर सेनिजोलले एक हजार दुई सय जनालाई काम गर्ने जानकारी दिनुभयो ।