सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पूर्वी चितवनमा हावाहुरी र असिनाबाट भएको क्षतिको विवरण तत्काल लिईने


  •    न्युजभित्तो/८ बैशाख २०७७, सोमबार १४:४१ 
  • चितवन । गएको शनिवार साँझ आएको हावाहुरी र असिनाले पूर्वी चितवनको नगदे बालीमा पारेको असरको तत्काल लगत सङ्कलन गरिने भएको छ । जिल्ला समन्वय समिति चितवनले आइतबार आयोजना गरेको कृषिजन्य उत्पादनका कृयाकलापहरुलाई सञ्चालन गर्नका लागि समन्वयात्मक बैठकमा तत्काल क्षतिको लगत सङ्कलन गर्ने निर्णय गरिएको हो ।

    कालिका, रत्ननगर र खैरहनी नगरपालिकामा परेको असिना पानी र हावाहुरीले मकै, तरकारी र केरामा क्षति पुगेको छ । क्षतिको कृषि ज्ञानकेन्द्र भरतपुरले प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना र स्थानीय तहहरुसँग समन्वय गरेर विवरण लिई जिल्ला विपद् व्यवस्थापन समितिमार्फत सम्बन्धित निकायमा पठाईने भएको छ ।

    बैठकमा जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले हावाहुरी र असिनाका कारण पूर्वी चितवनका कृषकले ठूलो नोक्सानी व्यहोर्नु परेको भन्दै राहतका लागि आवश्यक पहल थाल्नुपर्ने बताउनुभयो । कृषि ज्ञान केन्द्रको सिफारिसमा साल्ट ट्रेडिङ्ग र कृषि सामग्री संस्थानले मल, बिउ वितरण गर्न आग्रह गर्दै अहिलेका बालीलाई आवश्यक पर्ने मल, बिउ व्यवस्थापन गर्न उहाँले आग्रह गर्नुभयो ।

    प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले मल, बिउ, औजार र कृषिजन्य उत्पादनको ढुवानीमा रोक नलगाईएको तर भीडभाड गर्न नहुने बताउनुभयो । कृषि ज्ञान केन्द्रको सिफारिसमा कृषिजन्य उत्पादन र बजारीकरणमा सहजीकरण गर्न प्रशासन सकारात्मक रहेको उहाँले बताउनुभयो ।

    सो अवसरमा कृषि ज्ञान केन्द्रका प्रमुख राजन ढकाल, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना चितवनका प्रमुख मेघनाथ तिमिल्सिना, साल्ट ट्रेडिङ्ग लिमिटेड चितवनका प्रमुख बुद्धि बिनोद दाहाल र कृषि सामाग्री केन्द्र चितवनका प्रमुख रबिन्द्र गौतमले कृषि उत्पादन, बजारीकरण र मल, बिउको अहिलेको अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.