चितवन सेरोफेरो

गैंडाकोटमा डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध
-न्युजभित्तो

नवलपुर, १७ असार ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको गैँडाकोटमा आएको बाढीले डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको छ । सडक विस्तारका लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटस्थित थुम्सीमा निर्माण गरिएको डाइभर्सन बाढीले बगाएपछि राजमार्ग अवरुद्ध भएको हो । सडक विस्तारका लागि निर्माण गरिएका...

राससलाई बलियो बनाउन हाम्रो साथ रहन्छः प्रदेश प्रमुख पौडेल
-न्युजभित्तो

गण्डकी, १७ असार । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलसँग राष्ट्रिय समाचार समितिका अध्यक्ष श्यामल अधिकारी र महाप्रबन्धक सिद्धराज राईले आज भेटघाट गर्नुभएको छ । प्रदेश प्रमुखको सरकारी निवासमा भएको भेटघाटमा जनता र राष्ट्रलाई जोड्ने माध्यमका रुपमा राससले गरेको सेवा प्रवाहलगायत...

लगातारको वर्षापछिको बाढी : पूर्वी चितवमा कहाँ के भयो ? (तस्वीरसहित)
-न्युजभित्तो

चितवन, १७ असार । लगातारको वर्षाले पूर्वी चितवनको जनजीवन प्रभावित बनेको । बाढीले बस्ती, उद्योग र सयौं विगाहा धान खेत प्रभावित बनेको छ भने पुल भत्काएको छ । कयरखोलाले वगाएका दुई जनालाई सकुशल उद्धार गरिएको छ । भण्डाराबाट नारायणगढतर्फ...

यी क्षेत्रमा मेघगर्जन/चट्याङसहित शनिबारसम्म भारी वर्षा हुने
-न्युजभित्तो

काठमाडौँ, १७ असार । देशभर हाल मनसुनी वायुको सक्रिय प्रभाव तथा तराई भूभाग नजिक मनसुनी न्यून चापीय रेखा रहेकाले देशभर सामान्यदेखि पूर्ण बदली रहनुका साथै अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान...

शिवपूर्ण आधारभूत विद्यालय प्रदेशकै तेस्रो तीनतारे घोषणा
-न्युजभित्तो

बैतडी, १७ असार । बैतडीको शिवनाथ गाउँपालिका–५ मा रहेको शिवपूर्ण आधारभूत विद्यालय लामाखालीलाई सुदूरपश्चिमको तेस्रो तथा जिल्लाकै पहिलो तीनतारे विद्यालय सुनिश्चितता घोषणा गरिएकोे छ । खानेपानी सरसफाइ तथा स्वच्छतासम्बन्धीका मापदण्डहरु पूरा गरेपछि उक्त विद्यालयलाई तीनतारे विद्यालय सुनिश्चितता घोषणा गरिएको हो...

अभद्र व्यवहार गरेको आरोपमा तामाङ पक्राउ
-न्युजभित्तो

भादगाउँ, १७ असार । बटुवा महिला तथा बालिकाहरुको संवेदनशील अङ्गहरु समाउने र यौनाङ्गसमेत देखाई अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले रामेछाप सुनापति गाउँपालिका–५ रुपाकोट घर भई चाँगुनारायण नगरपालिका–६ भत्केकोपाटी नजिक बस्ने ३६ वर्षीय चमार सिं तामाङलाई पक्राउ गरेको छ ।...

बाढीले पूर्वी चितवन जलमग्न, लदरी खोला पुल भत्कियो (तस्वीरसहित)
-न्युजभित्तो

चितवन,१७ असार । पूर्वी चितवनको खैरहनी र राप्तीको सीमा क्षेत्रमा बग्ने लदरी खोलामा आएको बाढीले धुसरी पुल भत्काइदिएको छ।  बुढी राप्ती खोलामा आएको बाढीले सौराहा र आसपासका क्षेत्र प्रभावित बनेका छन्। यो खोलो चित्रसारीबाट सौराहा प्रवेश गर्ने सडकभन्दा परसम्म...

भरतपुरमा विद्यार्थीको प्रदर्शन, प्रहरीसँग भडप
-न्युजभित्तो

भरतपुर, १६ असार । विद्यार्थी दल निकट विद्यार्थी संगठनहरुले आज साँझ भरतपुरमा प्रदर्शन गरेका छन् । त्यस क्रममा सामान्य झपड समेत भएको हो । विद्यार्थीहरुले सरकारविरुद्ध गरेको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारी बीच झडप भएको हो । भरतपुरको वीरेन्द्र क्याम्पस चोकमा...

चितवनका अस्पतालमा २२० संक्रमित उपचाररत, दुईको मृत्यु
-न्युजभित्तो

भरतपुर, १६ असार । चितवनका विभिन्न अस्पतालहरुमा गरी बुधबार २२० जना संक्रमित उपचाररत छन् । उपचारका क्रममा पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमजुङ र कास्कीका एक/एक जना हुन् । स्वास्थ्य कार्यालय चितवनका अनुसार भेन्टिलेटर...

पोखरा महानगरपालिकाले बनायो १३७ किमी कालोपत्र सडक
-न्युजभित्तो

कास्की, १६ असार । स्थानीय तह स्थापनापछि जनप्रतिनिधि निर्वाचित भएर आएको चार वर्षको अवधिमा पोखरा महानगरपालिकाले १३७ किमी सडक कालोपत्र गरेको छ । सडक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको महानगरपालिकाले विकटलाई निकट ल्याउने भन्दै ‘कनेक्टिङ रोड’को अवधारणाअनुसार सडक कालोपत्र र...