सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लगातारको वर्षापछिको बाढी : पूर्वी चितवमा कहाँ के भयो ? (तस्वीरसहित)


  •    न्युजभित्तो/१७ असार २०७८, बिहीबार १२:०२ 
  • चितवन, १७ असार । लगातारको वर्षाले पूर्वी चितवनको जनजीवन प्रभावित बनेको । बाढीले बस्ती, उद्योग र सयौं विगाहा धान खेत प्रभावित बनेको छ भने पुल भत्काएको छ । कयरखोलाले वगाएका दुई जनालाई सकुशल उद्धार गरिएको छ । भण्डाराबाट नारायणगढतर्फ आउँदै गरेको स्कुटर कयरखोलाको वाढीले वगाउँदा स्कुटरमा सवार एक पुरुष र एक महिलालाई पनि बगाएको थियो । खोलाले स्कुटर सहित मान्छे वगाए पछि इलाका प्रहरी कार्यालय टाँडीको टोलीले उद्धार गरेको हो ।

    स्कुटर भने खोलाले वर्गाको इलाका प्रहरी कार्यालय टाँडीले जनाएको छ । उनीहरुलाई खोलाले बिहान ८ः३० वजे वगाएको थियो । खोलाबाट उद्धार गरेसँगै उनीहरु गन्तव्यतर्फ लागेको प्रहरीले जनाएको छ ।

    यसैगरी निरन्तरको वर्षाका कारण पूर्वी चितवनको पंफा खोलामा आएको वाढीका कारण राप्तीका १ सय ५० घरधुरी बिस्थापित भएका छन् । इलाका प्रहरी कार्यालय भण्डाराका अनुसार राप्ती नगरपालिका वडा नम्बर ७ र ८ को भवानिपुर, शुन्दरवस्ति र खुरखुरे लगाएका क्षेत्रमा बस्तिमा खोला पस्दा ती परिवार बिस्थिपित भएका हुन् ।

    वाढीको जोखिममा रहेका उनीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । त्यहाँ रहेका ४ सय जनालाई सुरक्षित ठाउँमा सारिएको हो । यस्तै बुढी राप्तीमा आएको बाढीले डुवान गर्दा २० परिवार बिस्थापित भएका छन् । इलाका प्रहरी कार्यालय टाँडीका अनुसार रत्ननगर नगरपालिका वडा नम्बर ८ रमाइलोडाँडामा बाढी पस्दा २० परिवारका एक सय जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो ।

    यस्तै खैरहनी नगरपालिका वडा नम्बर १ वेल्सीमा रहेको बाबा ग्यास उद्योगमा खोला पसेर क्षती पु¥याएको छ । कयर खोलाले उद्योगमा क्षती पु¥याएको हो । उद्योगका निर्देशक बिमल कालाखेतीका अनुसार त्यहाँका धरै सिलिण्डर वगाएका छन् । उहाँले भन्नुभयो “यहाँका सिलिण्डर वगाएर सौराहासम्म पुगेका छन् ।”वाढीले उद्योगको संरचनामा क्षती पु¥याएको छ । उद्योगमा १० देखि १५ हजार सिलिण्डर रहने गर्दछ । के कति सिलिण्डर वगायो र अन्य क्षती के कति छ भन्ने बारेमा एकिन जानकारी भइनसकेको उहाँको भनाई छ ।

    प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले निरन्तरको वर्षाका कारण पूर्बी चितवनको खैरहनीसंगै रत्ननगर, राप्ती र कालिका नगरपालिका प्रभावित भएको बताउनुभयो । स्थानिय खोलाहरु वढेर पुलहरु उच्च जोखिममा रहेको उहाँले वताउनुभयो । प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र शशस्त्र प्रहरी उद्धारका लागि खटिएको उहाँले जानकारी दिनुभयो ।

    जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीका अनुसार पूर्बी चितवनका खगेरी, कयर र लदरी खोलाले खैरहनी नगरपालिका वडा नम्बर १, २, ३, ८ र ९ संगै रत्ननगर नगरपालिकाको वडा नम्बर ३ शान्ति चोकमा डुवान भएको छ । कतिपयलाई उद्धार गरि सुरक्षित स्थानमा लगिएको उहाँले बताउनुभयो ।

    लदरी खोलाको चैनपुर चोकबाट भित्र रहेको नयाँ पुल बाढीले वगाएको छ । लोथर र राप्ती खोला समेत वढ्दै गएको भन्दै उहाँले सौराहा पनि डुवानको खतरामा रहेको जानकारी दिनुभयो ।

    यसैबीच चट्याङ् लागेर एक महिला घाइते हुनुभएको छ । राप्ती नगरपालिका वडा नम्बर ९ लालपुरकी ४५ वर्षिया बिजुली श्रेष्ठलाई आफ्ै घर नजिक धान रोप्ने क्रममा चट्याङ् लागेको हो । इलाका प्रहरी कार्यालय भण्डाराका अनुसार विहान ८ः३५ वजे श्रेष्ठलाई चट्याङ् लागेको हो । गम्भिर घाईते श्रेष्ठलाई उपचारका लागि भरतपुर ल्याईएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.