सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

शिवपूर्ण आधारभूत विद्यालय प्रदेशकै तेस्रो तीनतारे घोषणा


  •    न्युजभित्तो/१७ असार २०७८, बिहीबार ११:४२ 
  • बैतडी, १७ असार । बैतडीको शिवनाथ गाउँपालिका–५ मा रहेको शिवपूर्ण आधारभूत विद्यालय लामाखालीलाई सुदूरपश्चिमको तेस्रो तथा जिल्लाकै पहिलो तीनतारे विद्यालय सुनिश्चितता घोषणा गरिएकोे छ ।

    खानेपानी सरसफाइ तथा स्वच्छतासम्बन्धीका मापदण्डहरु पूरा गरेपछि उक्त विद्यालयलाई तीनतारे विद्यालय सुनिश्चितता घोषणा गरिएको हो । शिवनाथ गाउँपालिका र ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना बैतडीको सहयोगमा विद्यालयलाई तीनतारे विद्यालय सुनिश्चितता घोषणा गरिएको गाउँपालिकाका उपाध्यक्ष कुस्मा चन्दले जानकारी दिनुभयो। खानेपानी सरसफाइ तथा स्वच्छतासम्बन्धीका १० ओटा सूचक पूरा गेरर विद्यालयलाई तीनतारे विद्यालय घोषणा गरिएको हो ।

    शिवपूर्ण विद्यालयले स्वच्छ पिउने पानीसहित पर्याप्त पानीको व्यवस्था, विद्यार्थी सङख्याअनुसार सफा, सुरक्षित स्थानमा बालबालिका लैङ्गिक अपाङ्गता, वातावरणमैत्री शौचालय, वातावरणीय सरसफाइ, हरियाली वातावरण र स्वच्छता सुविधा, फूलबारी, महिनावारी स्वच्छता व्यवस्थापन, सफा स्वच्छ र खाद्य पदार्थसहितको भान्छाघर, विपद् जोखिम व्यवस्थापन, प्रवद्र्धन र दिगोपनका लागि संस्थागत व्यवस्थालगायतका विद्यालय खानेपानी सरसफाइ तथा स्वच्छतासम्बन्धीका मापदण्ड पूरा गरेपछि तीनतारे विद्यालय सुनिश्चितता घोषणा भएको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना शिवनाथ गाउँपालिकाका जलस्रोत अधिकृत हर्षराज भट्टले जानकारी दिनुभयो ।

    शिवपूर्णले विद्यालय खानेपानी तथा सरसफाइ स्वच्छता कार्यविधि, ७४ को दोस्रो संसोधन ७६ अनुसारका १० ओटै मापदण्ड पूरा गरेर उत्तम स्थान हासिल गरेकाले तीनतारे विद्यालय घोषणा गरिएको जनाइएको छ । शिवनाथ गाउँपालिका यसअघि स्थानीय पाठ्यक्रम तयार गर्ने जिल्लाकै पहिलो स्थानीय तहसमेत हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने
    हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट
    चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    • दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    • भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.