सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राससलाई बलियो बनाउन हाम्रो साथ रहन्छः प्रदेश प्रमुख पौडेल


  •    न्युजभित्तो/१७ असार २०७८, बिहीबार १२:११ 
  • गण्डकी, १७ असार । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलसँग राष्ट्रिय समाचार समितिका अध्यक्ष श्यामल अधिकारी र महाप्रबन्धक सिद्धराज राईले आज भेटघाट गर्नुभएको छ ।

    प्रदेश प्रमुखको सरकारी निवासमा भएको भेटघाटमा जनता र राष्ट्रलाई जोड्ने माध्यमका रुपमा राससले गरेको सेवा प्रवाहलगायत विषयमा छलफल भएको थियो ।

    भेटघाटमा प्रदेश प्रमुख पौडेलले प्रत्येक सञ्चारमाध्यमले सत्यतथ्य सूचना सम्प्रेषण गर्नुपर्नेमा जोड दिँदै पछिल्ला समयमा सामाजिक सञ्जालको अत्यधिक दुरुपयोग बढ्दै गएकामा चिन्ता व्यक्त गर्नुभयो । राससलाई बलियो बनाउन आफ्नातर्फबाट साथ र सहयोग रहने विश्वास पनि उहाँले दिलाउनुभयो ।

    राससका अध्यक्ष श्यामलले देशका ७७ वटै जिल्लामा राससको उपस्थिति रहेको जानकारी दिँदै यसले राज्यको आवाज जनतासँग र जनताको आवाज राज्यसँग पु¥याउने काम गरिरहेको बताउनुभयो । सरकारका सत्यतथ्य समाचार सम्प्रेषणका लागि राससको अधिकतम उपयोग गर्नाका साथै स्रोतसाधन सम्पन्न बनाउन प्रदेश सरकारको महत्वपूर्ण भूमिका हुनेमा उहाँको जोड थियो । राससका महाप्रबन्धक राईले पोखरास्थित रासस गण्डकी प्रदेश कार्यालयको भवन जीर्ण भएका कारण यसलाई भत्काएर नयाँ बनाउने तयारीमा लागिएको जानकारी दिनुभयो ।

    रासस सेवाको गुणस्तरीयता अभिवृद्धि गर्दै प्रभावकारी सेवा प्रवाह गर्नेतर्फ आफूहरू लागेको उहाँको भनाइ थियो । भेटघाटमा रासस गण्डकी प्रदेश कार्यालय प्रमुख वासुदेव पौडेल, सहायक समाचारदाता हरिप्रसाद बाँस्तोला, प्रदेश प्रमुखको सचिवालयका मुकुन्द दाहाललगायतको उपस्थिति थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन
    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    • अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    • जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.