सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पोखरा महानगरपालिकाले बनायो १३७ किमी कालोपत्र सडक


  •    न्युजभित्तो/१६ असार २०७८, बुधबार १४:२३ 
  • कास्की, १६ असार । स्थानीय तह स्थापनापछि जनप्रतिनिधि निर्वाचित भएर आएको चार वर्षको अवधिमा पोखरा महानगरपालिकाले १३७ किमी सडक कालोपत्र गरेको छ । सडक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको महानगरपालिकाले विकटलाई निकट ल्याउने भन्दै ‘कनेक्टिङ रोड’को अवधारणाअनुसार सडक कालोपत्र र ग्राभेलको काम अघि बढाएको हो ।

    महानगर प्रमुख मानबहादुर जिसीले हालसम्म १३७ किमी सडक कालोपत्र र २३१ किमी सडक ग्राभेल गरिएको जानकारी दिनुभयो । यसैगरी ८३ किमी साना तथा मझौला सडक ढलान र ३७ किमी सडक मर्मत एवं स्तरोन्नति गरिएको उहाँले बताउनुभयो ।

    चार वर्षको अवधिमा वडा तथा महानगरपालिकास्तरका २६८ सडक ढलान योजना, ८२१ सडक कालोपत्र एवं मर्मत योजना, २९१ सडक ग्राभेल तथा स्तरोन्नति र ४१ नयाँ ट्र्याक गरी एक हजार ४२१ सडकका योजना सम्पन्न भएको बताइन्छ ।

    महानगरको मुख्य शहरी सडकको स्तरोन्नति गर्ने क्रममा महानगरपालिका, सडक विभाग र प्रदेश सरकारको सहकार्यमा रु ४० करोड लागतमा २२ किमी सडक ‘अस्फाल्ट कङ्क्रिट’ गर्ने काम धमाधम भइरहेको प्रमुख जिसीले जानकारी दिनुभयो । विजयपुर बेगनास सडक खण्डमा १४ किमी सडक अस्फाल्ट हुने गरी निर्माण भइरहेको बताइन्छ ।

    प्राविधिक कारणले रोकिएको मेयर नमूना सडक निर्माणअन्तर्गत पोखरा– १७ को बिरौटादेखि तीनकुनेसम्म ९आरटिओ० सडक निर्माण भइरहेको छ भने वडा नं १० को राममार्ग सडक निर्माण कार्य गरिएको महानगरले जनाएको छ ।

    यसैगरी नदी नियन्त्रणतर्फ यस अवधिमा नदी तथा खोलाक्षेत्रको जमीन कटान, पहिरो नियन्त्रणलगायतका २७ योजना सञ्चालन गरिएको बताइन्छ । सुइखेत खोला नदी कटान, सेती खोला, फिर्के खोला पहिरो नियन्त्रण, काली खोलालगायत नदी नियन्त्रणका योजना सम्पन्न भएको जनाइएको छ ।

    महानगरले वडाका भवन निर्र्माणलाई पनि प्राथमिकतामा राखेर कार्य अघि बढाएको छ । हालसम्म वडा नं २, ७, ११, १२, १९, २२, २८, २९, ३० र ३२ मा नयाँ भवन निर्माण कार्य सम्पन्न भएको तथा केही निर्माण कार्य सम्पन्न हुने चरणमा रहेका छन् ।

    वडा नं ३, ४, ९, १०, १३, १५, १६, २४ र ३३ को भवन मर्मत गरिएको तथा वडा नं ५, ६, ८, ९, १४, १७ २०, १८, २६, २७ र ३१ मा नयाँ कार्यालय बन्ने गरी प्रक्रिया अगाडि बढाइएकाले यी भवन निर्माण सकिएपछि नागरिकले वडास्तरबाटै सहज रुपमा सेवा प्राप्त गर्ने प्रमुख जिसीले जानकारी दिनुभयो ।

    यसैगरी ४३ वर्षदेखि सडक चक्लाबन्दी गर्न नसकिएको पृथ्वी राजमार्गदेखि विजयपुर ब्यारेक सिमानासम्मको सडकलाई फराकिलो बनाई १० मिटर कायम गरिएको महानगरले जनाएको छ । महानगरले रणनीतिक सडकका रुपमा अगाडि बढाएका सडकमा बहुवर्षीय ठेक्का प्रक्रिया सकेर निर्माण चलिरहेका र चालु आवमा विजयपुर कालिका हुँदै बेगनास सडकलाई रु ३२ करोड लागतमा अस्फाल्ट गर्ने कार्य अगाडि बढाइएको बताइन्छ ।

    यसैगरी बैदाम, पामे, घाँटीछिना हुँदै दमदमे, सिदाने र मणिपाल, मौजा सडक बहुवर्षीय ठेक्का सम्झौता गरेर काम थालिएको महानगरले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन
    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    • अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    • जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.